पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि बन्द

काठमाडौँ, ५ माघ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर आजदेखि दर्शनार्थीका लागि बन्द गरिएको छ । पशुपति क्षेत्रका पशुपतिनाथ, गुह्येश्वरी, चन्द्रविनायकलगायत मन्दिरमा बढी भीडभाड हुन थालेपछि नित्य र नैमित्तिक पूजामात्र गर्ने गरी भक्तजनका लागि बन्द गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो ।पशुपतिनाथ मन्दिरमा हुने विशेष पूजा पनि आजैदेखि बन्द गरिएको छ । पशुपतिनाथ मन्दिरमा नित्य र नैमित्तिक पूजा बाहेकका सबै धार्मिक क्रियाकलाप नेपाल सरकारको निर्णय अनुसार बन्द गरिएको उहाँले सुनाउनुभयो ।

अर्को सूचना नभएसम्मका लागि पशुपति क्षेत्रका गुह्येश्वरी, चन्द्रविनायकलगायत भक्तजनको भीडभाड बढी हुने मन्दिरमा पनि नित्य र नैमित्तिक पूजामात्र गरिने छ । अरु धार्मिक क्रियाकलाप बन्द गरिएको छ । विसं २०७६ चैत पहिलो साता नेपाल पहिलोपटक कोरोना सङ्क्रमण भेटिएपछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।त्यसबेला नौ महिनापछि अर्थात् २०७७ पुस १ गते देखिमात्र दर्शनार्थीका लागि मन्दिर खुला गरिएको थियो । गत वैशाखमा डेल्टा भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि दोस्रोपटक पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । तीजपछि मात्र मन्दिरमा सर्वसाधारणले दर्शन गर्न पाउने गरी खुला गरिएको थियो । गत असोजदेखि पशुपति क्षेत्र विदेशी पर्यटकका लागि खुला गरिएको थियो । पर्यटकका लागि पशुपति क्षेत्र खुला गरेपछि गत असोजदेखि नै चहलपहल बढेको थियो ।

यो पनि पढ्नुहोस..चितवन, भरतपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । महानगरपालिकाले ‘बालबालिकासँग मेयर कार्यक्रम’मार्फत न्यानो कपडा वितरण गरेको हो । बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि विद्यार्थीको भौतिक उपस्थितिमा नभई विद्यालयमार्फत विद्यार्थीलाई दिने गरी न्यानो कपडा वितरण गरिएको हो । महानगर प्रमुख रेनु दाहालले आर्थिक अवस्था कमजोर भएका विद्यार्थी जाडो भएकै कारण विद्यालयबाट बञ्चित हुन नपरोस् भनेर तीन वर्षदेखि उक्त कार्यक्रम अघि बढाइएको बताउनुभयो । राप्ती र नारायणी नदी किनारमा रहेका बालबालिकालाई लक्षित गरी कार्यक्रम गरिएको र यसले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्न थालेको उहाँको भनाइ छ ।

सङ्घीय सरकारको दिवाखाजा कार्यक्रम र महागरले न्यानो कपडा दिएपछि शिक्षा हासिल गर्न बालबालिकालाई सजिलो भएको दाहालको भनाइ छ । पाँच वर्षमा सामुदायिक विद्यालयमा १० हजार नयाँ विद्यार्थी सङ्ख्या थप्ने महानगरको लक्ष्य छ । हालसम्म ६ हजार नयाँ विद्यार्थी थपिएका छन् । शिक्षामा बजेट अभाव हुन नदिएको र ऐन–नियम बनाएर सामुदायिक शिक्षा सुधारमा काम गरिरहेको दाहालले बताउनुभयो । महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले रु १२ लाख बजेट विनियोजन गरेर बोलपत्र आह्वान गरी न्यानो कपडा वितरण गरिएको जानकारी दिनुभयो । महानगरका १० आधारभूत विद्यालय छनोट गरी त्यहाँ अध्ययनरत एक हजार २२० विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । कोरोनाको जोखिमका कारण ती विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई संयुक्तरूपमा न्यानो कपडा हस्तान्तरण गरिएको छ । विद्यालयले महानगरमा पेश गरेको तथ्याङ्क र नामका आधारमा विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिनेछ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।