संखुवासभामा वडाध्यक्षमाथि ढुं’गा प्र’हार

संखुवासभा, ५ पुस /संखुवासभाको चिचिला गाउँपालिका–२ का वडाध्यक्ष मिरबहादुर राईमाथि अ ज्ञात समूहले ढुं गा प्र हार गरेको छ । मंगलबार साँझ वडाध्यक्ष राई माथि ढु ङ्गा प्र हार भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए । ढुंगा प्र हारबाट वडाध्यक्ष राई सा मान्य घा इते भएका छन् । मोटरसाइकलमा घर जाँदै गर्दा अ ज्ञात समूहले वडाध्यक्ष राई माथि ढुङ्गा प्र हार भएको हो ।

अ ज्ञात समूहको ढु‌ंगा प्र हारबाट सामान्य घा इते टाउको,ढाड र हातमा सामान्य चो ट लागेको वडाध्यक्षले राईले बताए । वडाध्यक्ष राई माथि ढुङ्गा प्रहार गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

पीएम कप : एपीएफलाई पाँच लाख र पुलिसलाई तीन लाख रुपैयाँ
काठमाडाै‌ं, ५ माघ /विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपीएफ क्लबले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानामा बुधबार टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले दिएको १५८ रनको विजय लक्ष्य पछ्याउने क्रममा पुलिस निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रनमा समेटिएको थियो ।

दिपेन्द्रसिंह ऐरीको उत्कृष्ट अलराउन्ड प्रदर्शन गरे पनि पुलिसले फाइनलसम्म आफ्नो अपराजित यात्रा कायम राख्न सकेन । पुलिसका लागि दीपेन्द्रले सर्वाधिक ६५ रन बनाए । यस्तै दिलीप नाथले २३ बनाउँदा अनिल शाह १० रन र आरिफ शेख १२ बनाए । एपीएफका किशोर महत्तोले सर्वाधिक तीन विकेट लिए । उस्तै अविनास बोहरा, अमर रौटेला र दिपक बोहाराले समान १ विकेट लिए ।

यसअघि एपीएफले निर्धारित २० ओभरमा एक बल बाँकी रहदा सबै विकेट विकेट गुमाएर १५८ रनको योगफल तयार पार्‍याे । एपीएपका लागि अमर सिंह राउटेलाले सर्वाधिक २९ रनको योगदान गरे । यस्तै लोकेश बमले २७ रन बनाउँदा सन्दीप जोराले २४, भुवन कार्कीले २७ रनको योगदान गरे ।

पुलिसको वलिङमा दिपेन्द्र सिंह ऐरी र सागर ढकालले सर्वाधिक ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे । यस्तै, गुलसन झाले दुई विकेट लिए भने, योगेन्द्र सिंह कार्की र आरिफ शेखले एक एक विकेट लिए ।दुवै टोलीले यसअघिका सबै खेलमा अपराजित रँहदै फाइनल यात्रा तय गरेका थिए । १६ पुसदेखि सुरु भएको प्रतियोगितामा समुह‘ए’ र ‘बी’मा तीन विभागीय र सात प्रदेश गरेर १० टोलीको सहभागिता थियो ।

प्रतियोगिताको विजेता टोली एपीएफले पाँच लाख र उपविजेता पुलिसले तीन लाख प्राप्त गर्याे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।