गठबन्धन बैठक : निर्वाचनसम्मै सहकार्य, बेथितिविरुद्ध भण्डाफोर

ओखलढुंगा ५ माघ/सत्ता साझेदार दलको बैठकले ओखलढुंगामा गठबन्धन प्रभावकारी बनाउन एकजुट हुने निर्णय गरेको छ ।

सत्तारुढ दलहरूका जिल्लास्थित प्रमुख नेताहरू सहभागी बैठकले माघ १२ मा हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने, विकासका योजनामा भएका आर्थिक अनियमितता र बेथितिविरुद्ध भण्डाफोर अभियान संयुक्त रूपमा चलाउने भएको हो ।

गठबन्धनलाई स्थायी र दिगो बनाउँदै निर्वाचनसम्मै गठबन्धन कायम राखेर विकास निर्माणका काममा सहकार्य गर्ने बैठकले निर्णय गरेको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हंशराज वाग्लेले जानकारी दिए ।

नेपाली कांग्रेसको जिल्ला कार्यालयमा भएको बैठकमा कांग्रेस जिल्ला सभापति तेजेन्द्र खनाल, उपसभापति कमल तामाङ, सचिव अजय लुइँटेल, नेकपा माओवादी केन्द्रका नेता निशान्त शर्मा र गुणकुमार राई, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हंशराज वाग्ले, जनता समाजवादीका धीरेन्द्र रुम्दाली र खेमराज खड्का, राष्ट्रिय जनमोर्चाका धनराम श्रेष्ठलगायत नेताहरू सहभागी थिए ।

बैठकमा एमाले सरकारमा हुँदा बजेट परेका योजनामा अहिले व्यापक भ्रष्टाचार भएको, सांसदहरूको संरक्षणमा योजनामा कमिसन असुल्ने काम भइरहेको गुनासा आएकाले प्रभावकारी अनुगमन तथा भण्डाफोर अभियान चलाउने विषयमा छलफल केन्द्रित भएको नेकपा माओवादीका प्रदेश सदस्य निशान्त शर्माले बताए ।

स्थानीय तह र प्रदेश कार्यालयबाट भएका काममा अनियमितता भएको चौतर्फी गुनासो आएको अनियमितता मा जनप्रतिनिधि नै मुछिएको विषयमा आगामी बैठकमा थप छलफल हुने नेताहरूले बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।