बैँकिङ् कसुर मुद्धाका फरार प्रतिबादी राई पक्राउ

विराटनगर, माघ ६ ।बैँकिङ् कसुर मुद्धाका फरार प्रतिबादी पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहा नगरपालिका वडा नं ४ पाचकन्या का ३२ बर्षीय बिशाल राई रहेका छन् ।

प्रतिवादी बिशाल राई भएको बैँकिङ् कसुर मुद्धामा सम्मानित उच्च अदालत विराटनगरको मिति २०७८ बैशाष १६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष ६ महिना कैद र ३ लाख ५० हजार ७ सय ८३ रुपैया ३३ पैसा जरिवाना भई कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका राईलाई १ नं प्रदेश प्रहरी कार्यालय, R.I.T बाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा हिजो पक्राउ गरेको थियो ।

पक्राउ परेका राईलाई आज सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरेको तथा सम्मानित अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरिएको छ ।

स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिनेः उपमहासचिव डा पौडेल
काठमाडौँ, ६ माघ (रासस) : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव डा विजय पौडेलले सत्ता गठबन्धन दलबीचको सल्लाहबाट स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिने बताउनुभएको छ । आज यहाँ आयोजित समाजवादी प्रेस सङ्गठन नेपालका पदाधिकारीको शपथ कार्यक्रममा उहाँले गठबन्धन दलबीच सहमति भएपछि सरकारले स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिने बताउनुभएको हो ।

उपमहासचिव डा पौडेलले पत्रकारिता पेशाप्रति जिम्मेवार भएर देश र जनताप्रति सेवाको भावनाले क्रियाशील रहन पदाधिकारीलाई आग्रह गर्दै राजनीतिक रुपमा लोकतान्त्रिक प्रणालीको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकलाई समुुन्नत बनाउन यही प्रणालीबाट सुशासन कायम गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा उपमहासचिव डा पौडेलले समाजवादी प्रेस सङ्गठन नेपालका पदाधिकारीलाई शपथ गराउनु भएको थियो । सो अवसरमा सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले व्यावसायिक पत्रकारको हकहित र अधिकार संरक्षण गर्नुका साथै उनीहरुलाई देशभर सङ्गिठत गरी बलियो सञ्जाल विस्तार गर्ने योजना रहेको बताउनुभयो ।

महासचिव भुपराज खड्काले सङ्गठनले आगामी फागुन ७ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्न लागकाले त्यसको तयारी भइरहेको जानकारी दिनुभयो । बाइस सदस्यीय पदाधिकारी रहेको उक्त सङ्गठनमा काठमाडौँमा उपलब्ध पदाधिकारीले शपथ लिएका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।