छथर गाउँपालिकाद्वारा घरैमा ज्येष्ठ नागरिकलाई सम्मान र उपचार

प्रकाश पाक्साँवा/तेह्रथुम, छथर गाउँपालिका-१ तेह्रथुमकी तेम्बा सेर्पा ७९ वर्ष पुगिन् । उनलाई स्वास्थ्य जाँच गर्न स्वास्थ्य केन्द्रसम्म पुग्न मुस्किल छ । ढल्किँदो उमेरकी सेर्पाले घरैमा उपचार पाउँदा खुसी ब्यक्त गरिन् । उनले उपचार मात्र पाइनन्, गाउँपालिकाले दोसल्ला ओढाएर सम्मान गर्दा गर्वले खुसी भइन् ।

‘सरकारले हामी जस्ता बुढाबुढीलाई सम्मान गर्दै उपचार गर्दा हामी खुसी छौं । उमेर पनि गयो । स्वास्थ्यचौकी पुग्नै मुस्किल छ । हाम्रो समस्यालाई बुझेकोमा सरकारलाई धन्यावाद,’ उनले भनिन् ।

तेम्बा जस्तै लाक्पा क्षेत्र सेर्पा पनि घर टोलमै सेवा लिन पाउँदा खुसी भएका छन् । ‘हामी बिरामी हुँदा स्वास्थ्य जाँच गर्न हिँडेर जान समस्या छ । स्वास्थ्य संस्था कमै मात्र पुग्ने गरेका छौं । स्थानीय सरकारले घर-घरमै सेवा दिएको छ । सेवा निरन्तरता दिँदै जाओस् । बिरामी हुँदा परिवारको सदस्यलाई भनेर स्वास्थ्य संस्था पुग्नुपर्छ । तर, घरैमा उपचार पाउँदा हामी भाग्यमानी झैँ लाग्छ,’ उनले भने ।

ज्येष्ठ नागरिकलाई शारीरिक रूपमा अशक्त बन्दै गएपछि सामान्य स्वास्थ्य जाँच गर्नसमेत मुस्किल हुने गरेको छ । गाउँ र टोल नजिकै स्वास्थ्य संस्था नहुँदा वर्षौंदेखि रोगले ग्रसित जीवन निर्वाह गर्नु परेको छ । जटिल तथा सिकिस्त बिरामी नभइन्जेल स्वास्थ्य संस्थामा कमै पुग्ने गरेका वृद्धवृद्धाहरूले घरमै सेवा पाउँदा खुसी लागेको बताएका छन् ।

‘गाउँपालिकाको चाहाना सुस्वास्थ्य र दीर्घायुको कामना’भन्ने मूल नाराका साथ स्वास्थ्यकर्मीसहितको टोलीलाई परिचालन गरेर गाउँपालिकाले सेवा प्रवाह गरिरहेको छ ।

गाउँपालिकाले ६ वटै वडामा स्वास्थ्यकर्मीसहित जनप्रतिनिधिको टोलीले सम्मान गर्दै स्वास्थ्य उपचार र औषधि वितरण गर्दै आएको छ । यो गाउँपालिकाले ज्येष्ठ नागरिकलाई स्थानीय सरकार गठनसँगै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । एकल पुरुष भत्ता, ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रमलगायत कार्यक्रम सञ्चालन गर्दै आएको हो । स्थानीय सरकार ज्येष्ठ नागरिकको अभिभावक बन्नको लागि घरदैलो उपचार कार्यक्रम सञ्चालन गर्दै आएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए ।

पालिकामा रहेका ६० वर्षमाथिका दलित ७० वर्षमाथिका अन्यलाई सेवा दिँदै आएको गाउँपालिका उपाध्यक्ष तारा खरेल ढकालले बताइन् । स्वास्थ्य जागरण अभियानअन्तरगत गाउँपालिकाले नागरिकलाई घरदैलो सम्मान तथा उपचारका साथै गाउँपालिका साथी लोरौं उपचार कार्यक्रम सञ्चालन गरेको प्रवक्ता राजन नेपालीले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।