हात हातमा कलम अभियान चलाउदै नेकपा एस

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिकाका टोल वस्तीमा नेकपा एकिकृत समाजवादीले संगठन विस्तार अभियान तिव्र बनाएको छ ।ग्रामिण क्षेत्रका रुपमा रहेका बराहक्षेत्रका टोल वस्तीमा स्थानियहरुको घर आगनमा पुग्दै संगठन अभियान चलाएको नेकपा एसले कम्युन शैलीमा संगठनलाई विस्तार गर्दै लगेको हो ।

नेकपा एकिकृत समाजवादीका सुनसरी उपाध्यक्ष सिताराम पराजुलीका अनुसार बराहक्षेत्र नगरपालिकाका ११ वडाका टोल वस्तीमा नेकपा एसको वडा कमिटी, टोल कमिटी गठन अभियान अन्तीम चरणमा पुगेको हो ।वडा, टोल भेला मार्फत वर्तमान राजनितिक अवश्था र नेकपा एसको भुमिकाका बारेमा व्यापक छलफल अन्र्तक्रिया मार्फत संगठन गठन अभियान संचालन गरिएपछि जनलहर आएको पराजुलीले बताए ।

उपाध्यक्ष पराजुलीले विगतदेखीनै कम्युनिष्ट पार्टीमा रहेर वर्गिय मुक्तीका लागि आन्दोलनको मोर्चामा हिडेका नेता कार्यकर्ताहरु, समर्थक, शुभचिन्तक र आम समुदायको सहभागी बढदै गएको बताए ।विभिन्न वडा कमिटी गठन गर्ने कार्यक्रम अन्र्तगत विहिबार नेकपा एसले बराहक्षेत्र ८ नं वडा कमिटी गठन गरेको छ ।

अध्यक्ष मानबहादुर तिगेला, उपाध्यक्ष मेधनाथ भण्डारी, सचिव भरत बराल उपसचिव अम्बीका पौडेल भट्टराई र गोविन्द तिम्सीना रहेको ५१ सदस्य ८ नं वडा कमिटी गठन भएको हो।कार्यक्रममा नेकपा एसका केन्द्रिय सदस्य केशव तिम्सीना, प्रदेश कमिटी सदस्य दुर्गा कन्दवा, सुनसरी उपाध्यक्ष सिताराम पराजुली, नगर अध्यक्ष चन्द्र मगर, सचिव पुष्प राजधामी, जिल्ला सदस्य सोम राईलगायतको सहभागीता रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।