पत्रकार विश्वकर्माको निधनमा टिभी टुडेको लापरबाही : यूएनआईएमई

काठमाडौं, ७ माघ /मिडिया कर्मचारी युनियन नेपाल (यूएनआईएमई)ले पत्रकार एलबी विश्वकर्माको निधन उनी कार्यरत सञ्चार गृह टिभी टुडेको बेवास्ता र लापरबाहीले भएको बताएको छ ।

यूएनआईएमईका अध्यक्ष गोविन्द धितालले शुक्रबार विज्ञप्ति जारी गरेर पत्रकार विश्वकर्माको निधनमा उनी कार्यरत सञ्चार गृहको बेवास्ता र लापरबाही स्पष्ट भएको बताएका हुन् ।

‘अस्पतालले पीसीआर गर्नका लागि एक हजार रुपैया मागेको तर पैसा नभएकाले पीसीआर नगरी घरमा फर्किएको र राति स्वास्थ्य अवस्था थप जटिल भएपछि पाटल अस्पताल लागिएकोमा त्यही उहाँको निधन भएको घटनाले उहाँको निधनमा अस्पताल र उहाँ कार्यरत सञ्चारगृहको बेवास्ता तथा लापरबाही स्पष्ट हुन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति :

श्रमजीवी पत्रकार एलवी विश्वकर्माको अस्वभाविक र असामयीक निधनको खवरले हामीलाई अत्यन्त मर्माहित बनाएको छ । निरन्तर काममा क्रियाशिल पत्रकारले पर्याप्त उपचारको अभावमा जीवन गुमाउने अवस्था आउनु आफैँमा लज्जाजनक र दुःखद् घटना हो।

अछाम घर भइ हाल काठमाडौमा रहेर टिभी टुडेमा कार्यरत पत्रकार विश्वकर्माको बिहीवार विहान निधन भएको हो । बिरामी भएपछि सिभिल अस्पतालमा गएको, अस्पतालले पीसीआर गर्नका लागि एक हजार रुपैया मागेको तर पैसा नभएकाले पीसीआर नगरी घरमा फर्किएको र राती स्वास्थ्य अवस्था थप जटिल भएपछि पाटल अस्पताल लागिएकोमा त्यही उहाँको निधन भएको घटनाले उहाँको निधनमा अस्पताल र उहाँ कार्यरत संचारगृहको बेवास्ता तथा लापरबाही स्पष्ट हुन्छ ।

त्यसैले उहाँको निधनका बारेमा विभिन्न कोणबाट प्रश्नहरु उठेका छन । यो तत्काल निश्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र आगामी दिनमा यस्ता दुखद घटना नदोहोरिने सुनिश्चितता गर्न सरोकारवाला सवैसँग युनिमी नेपाल जोडदार माग गर्दछ ।

अध्यक्ष
गोविन्द धिताल
मिति : २०७८ माघ ७ गते

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।