मास्क अभियानलाई प्रभावकारी बनाउन सिडियो र एसपी नै सडकमा

जनकपुरधाम, ७ माघ/धनुषामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले त्यसको रोकथाम तथा न्यूनीकरण गर्न मास्क अभियानलाई प्रभावकारी बनाउन सक्रिय भएको छ ।

मास्क अभियानलाई प्रभावकारी बनाउन शुक्रबार धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको नेतृत्वमा धनुषामा प्रहरी उपरीक्षक बसन्त रजौरे, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठसहितले जनकपुर बजारमा आफैँले मास्क वितरण गरेका छन् ।

प्रमुख जिल्ला अधिकार पौडेल, उपरीक्षक रजौरेसहितले बजारमा घुमिघुमी मास्क नलाएकाहरूलाई मास्क उपलब्ध गराउन आग्रह गरेका थिए ।

‘कोरोनाभाइरसको महामारी बढ्दै गएको छ, तपाईं मास्क लगाएर मात्र घरमा निस्कनु होस्, उपरीक्षक रजौरेले बाटोमा विना मास्क लगाएर हिड्नेलाई मास्क दिँदै भने, ‘मास्क लगाउने बानी बसाल्नुहाेस्, त्यसले मसहित अन्य व्यक्तिको पनि स्वास्थ्य सुरक्षाको हिसावले राम्रो हुन्छ । मास्क नलगाएर सार्वजनिक स्थलमा हिँड्डुल गरेमा प्रहरीले जरिबाना काट्छ र पटक पटक यस्तो गल्ती दोहाेर्‍याएमा अन्य कारबाही पनि गर्छ ।’

जिल्ला प्रशासनले मास्क नलगाउनेलाई अब १०० रूपैयाँ जरिबाना तिराउने निर्णय गरेको छ । संक्रमण बढ्दै गए पनि सर्वसाधारणहरूमा मास्क नलगाउने प्रवृत्ति देखिएपछि स्थानीय प्रशासनले कडाइ गर्ने भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।