पत्रकार विश्वकर्माको निधनको छानबिन गर्न र क्षतिपूर्ति दिन श्रमजीवी पत्रकार संघको माग

काठमाडौं, ७ माघ /श्रमजीवी पत्रकार संघले पत्रकार एलबी विश्वकर्माको निधनको छानबिन गर्न र दोषीलाई कारबाहीसहित पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेको छ ।

पत्रकार विश्वकर्माको उपचारमा लापरबाही गरिएपछि भएको निधनकाबारेमा शुक्रबार सिभिल हस्पिटलको व्यवस्थापनसँग छलफल गरेको जानकारी दिएका संघका अध्यक्ष जन्मदेव जैशीले निष्पक्ष छानबिनसहित दोषीमागि कारवाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति नदिए आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिए ।

‘उपचार नगरी आईसीयु छैन भन्दै फर्काउने सम्बन्धित विभागका कर्मचारीमाथि उचित छानबिनसहित कारवाही नगरे र पीडितलाई उचित क्षतिपूर्ति नदिए श्रमजीवी पत्रकार संघ नेपालको तर्फबाट गेटमा धर्नादिने अस्पताल व्यवस्थापनदलाई जानकारी दिइएको छ’, उनले भने ।

उनका अनुसार व्यवस्थापनका पक्षबाट डाइरेक्टर विधाननिधि पौडेल कोभिडका कारण आईसोलेसनमा भएकाले उनले फोनमार्फतको निर्देशनमा डा. अनुजजङ्ग रायमाझीले पीडित र कर्मचारी दुवै पक्षसँग बुझेर आवश्यक कारवाहीका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आउँदो आइतवार श्रमजीवी–पत्रकार संघ नेपाल, हस्पिटलको व्यवस्थापन पक्ष र पीडित पक्षबीचको त्रिपक्षीय बैठक बस्ने तयारी भएको अध्यक्ष जैशीले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।