राष्ट्रव्यापी साइकल यात्रामा निस्किएका कार्की दिक्तेलमा

खोटाङ, ७ माघ /पर्यटन प्रवर्द्धन एवं लागू औषध विरुद्ध सचेतना फैलाउनका लागि दोलखा कालिन्चोक गाउँपालिका–३ लामिडाँडा पोखरेका २२ वर्षीय युवा अभिनय कार्की राष्ट्रव्यापी साइकल यात्रामा निस्किएका छन् । ‘फ्रस्टेसन, डिप्रेसन र लागू औषध दुर्व्यसनलाई त्यागौं, समृद्ध राष्ट्र निर्माणका लागि युवाहरू एकजुट बनौं’ भन्ने मूल नाराका साथ तमु ल्होसारको दिन पारेर गत १५ पुसदेखि चरिकोटबाट राष्ट्रव्यापी साइकल यात्रा सुरु गरेका कार्की खोटाङ आइपुगेका छन् ।

दोलखाबाट रामेछाप, सिन्धुली, ओखलढुंगा र सोलुखुम्बु हुँदै खोटाङ आइपुगेका साइकल यात्री कार्कीलाई जिल्ला समन्वय समितिकोतर्फबाट जिल्लामा स्वागत गर्दै सफलताको शुभकामना दिइएको छ । जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले खादा र अबिर लगाइदिएर नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै साइकल यात्राको सफलताको कामना गरेका छन् । उनलाई विश्व साइकल यात्रा सुरु गरेका खोटाङका कर्ण श्रेष्ठले पनि बधाई तथा शुभकामना दिएका छन् ।

‘विश्वभर सुख, शान्ति, समृद्धि र राष्ट्रिय एकता’को कामना गर्दै आफ्नो जन्मदिनको अवसरमा गत ६ फागुन २०७७ देखि ३७ दिनमा पूर्व मेची–महाकाली पैदल यात्रा पुरा गरेका कार्की पुनः राष्ट्रव्यापी साइकल यात्रामा निस्किएका हुन् । दोलखा लगायतका पर्यटकीय स्थलको पर्चा प्रसार एवं ऐतिहासिक तथ्य संकलन र विकासका बारेमा युवा सहभागिताको लागि जागरण अभियान सञ्चालन गर्ने उद्देश्यले साइकल यात्रा सुरु गरेको कार्कीले बताए ।

करिब सय दिनमा ७७ वटै जिल्लामा पुगेर राष्ट्रव्यापी साइकल यात्रा पुरा गर्ने कार्कीको लक्ष्य छ । कतिपय विद्यालयमा पुगेर विद्यार्थीसँग फ्रस्टेसन, डिप्रेसन र लागू औषध दुर्व्यसनको समस्या र रोकथामका उपायबारे छलफल गर्ने गरेको कार्कीले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।