कोरोना महामारी प्रभाव : एमाले ललितपुरको भर्चुअल शपथ ग्रहण

ललितपुर, ८ माघ/ललितपुर एमाले जिल्ला कमिटीको भर्चुअल सपथ ग्रहण गरिएको छ । देशव्यापी रुपमा कोरोनाको ओमिक्रोम भाइरसको माहामारी फैलिएपछि पार्टी पोलिटब्युरो सदस्य तथा एमालेको जिल्लास्थित निर्वाचन समितिको अध्यक्ष मण्डल प्रमुख सुशीला नेपालले पदाधिकारीलाई सपथ ग्रहण गराएकी हुन् । शनिबार विहान आयोजित भर्चुअल सपथ ग्रहण कार्यक्रममा जिल्ला निर्वाचन समितिका प्रमुख पुरुषोत्तम ढुङ्गानाले शुभकामना दिएका थिए ।

भर्चुअल कार्यक्रममा निवर्तमान जिल्ला अध्यक्ष तथा केन्द्रीय कमिटी सदस्य हरिकृष्ण व्यंजनकार, केन्द्रीय सदस्य बाबुराम थापा लगायतको सहभागिता थियो । पुसमा सुरु भएको एमाले ललितपुरको आठौं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्ष पुरुषोत्तम आचार्य चयन भएका थिए ।

अधिवेशन लगत्तै कोरोना महामारीको संक्रमण बढ्दै गइरहेको अवस्था तथा जिल्ला कमिटीका अधिकांश पदाधिकारी र सदस्यहरु पनि सङ्क्रमित भएपछि भर्चुअल रुपमा शपथ ग्रहण सम्पन्न भएको एमालेले जनाएको छ ।

अधिवेशन सम्पन्न भएलगत्तै सङ्क्रमित भएका नवनिर्वाचित जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्य होम आइसोलेसनमा बसेपछि ३० गते तय गरिएको शपथ ग्रहण कार्यक्रम स्थगित भएको थियो ।

पछिल्लो समय अन्य सदस्यहरुको पनि स्वास्थ्यमा समस्या देखिएपछि शनिबार भर्चुअल शपथ ग्रहण आयोजना गरिएको जिल्ला अध्यक्ष आचार्यले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।