‘तपाईंको मास्क खै ?’ भन्दै मुख्यमन्त्री सडकमा निस्किए

सुर्खेत, ८ माघ/कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही ‘तपाईंको मास्क खै ?’ भन्दै सडकमा निस्किएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगर बजारमा मुख्यमन्त्री शाही ‘तपाईंको मास्क खै ?’ भन्दै सडकमा निस्किएका हुन् ।

मुख्यमन्त्री शाहीले कोरोना महामारीले देशभर आक्रान्त भएको र अनिवार्य मास्क लगाउन नागरिकहरुलाई आग्रह गरेका छन् । ‘हामीले सडकमा मास्क नलगाएर हिँडिरहेका धेरै जना देख्यौं,’ उनले भने, ‘सबैलाई मास्क अनिवार्य लगाउन आग्रह गरेका छौं ।’

कोरोना विरुद्ध खोप नलगाएका नागरिकलाई नजिकको खोप केन्द्रमा गएर खोप लगाउन पनि मुख्यमन्त्री शाहीले आग्रह गरेका गरेका थिए । ‘तपाईंहरुले खोप लगाउनु भएका छैन भने नजिकै खोप केन्द्रमा गएर खोप लगाउनु होला,’ उनले सडक भेटिएका नागरिकलाई भने,‘कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिलाई कोरोना संक्रमण भएपनि त्यति धेरै असर नगर्ने चिकित्सकले बताएका छन् । त्यसैले अनिवार्य खोप लगाउनुहोला ।’

कर्णालीमा दिनयता कोरोना संक्रमण बढ्दै गएको छ । कर्णालीमा दैनिक ६ सयभन्दा बढी संक्रमित बढिरहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदम केसीले बताए । ‘कर्णालीमा परीक्षण गरिएकामध्ये ५७ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ,’ उनले भने, ‘यो जटिल परिस्थिति हो ।’

निर्देशनालयकाअनुसार सुर्खेतमा ३६० जना, सल्यानमा एक सय, कालीकोटमा १२९, दैलेखमा १२, जाजरकोटमा एक, रुकुम पश्चिममा ३७, जुम्लामा ६ जनामा र हुम्लामा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।