प्रदेश १ मा भागबन्डा मिलाउन ७ वाट १२ मन्त्रालय पुर्‍याइँदै

काठमाडौं, ९ माघ /पाँच दलीय गठबन्धनले नेतृत्व गरेको प्रदेश १ मा भागबन्डा मिलाउनका लागि मन्त्रालयको संख्या १२ पुर्‍याईने भएको छ । नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईले नेतृत्व गरेको प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतलाई मन्त्रालय भागबन्डा मिलाउन ५ वटा मन्त्रालय थप गरिन लागेको हो ।

‘यसअघिको ७ वटा मन्त्रालयमा ५ वटा मन्त्रालय थप गरेर प्रदेश १ मा १२ मन्त्रालय पुर्‍याउने गरी गृहकार्य भएको छ,’ मुख्यमन्त्री निकट स्रोतले भन्यो, ‘मुख्यमन्त्रीले यसअघि नै ११ पु¥याउने जनाईसके पनि आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङबो नेतृत्वको कार्यदलले १२ वटा मन्त्रालय बनाउन सिफारिस गरेको छ ।’ मन्त्री आङवो नेतृत्वको कार्यदलले १२ मन्त्रालय बनाउन सिफारिश गरे पनि प्रतिवेदन भने अझै सार्वजनिक गरिएको छैन ।

‘मन्त्रालय बाँडफाँड कार्यदलले प्रतिवेदन बुझाइसकेको छ, राष्ट्रियसभा निर्वाचन लगत्तै मुख्यमन्त्रीले उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक राखेर मन्त्रालयको संख्या र मन्त्रालय बाँडफाँट सम्बन्धी औपचारिक निर्णय गरिनेछ,’ मन्त्री आङबोले सञ्चारकर्मीसँग भनेका छन । उनका अनुसार मन्त्रालयको संख्या बढने भएकाले स्वतः मन्त्रालय टुक्राउने र त्यसका नयाँ नामाकरणका बारेमा पाँच दलीय गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रमा अनौपचारिक छलफल भने भईसकेको छ ।

मन्त्रीपरिषद् विस्तार हुन नसक्दा मुख्यमन्त्री राईले उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमी व्यवस्था तथा सहकारी मन्त्रालय आफैसँग राखिरहेका छन् भने अन्य ५ जनालाई मन्त्रालयको जिम्मेवारी तोकेका छन् । जसअनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयमा इन्द्र आङ्गवो, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा केदार कार्की, भौतिक पुर्वाधार विकास मन्त्रालयमा हिमाल कार्की, सामाजिक विकास मन्त्रालयमा जयराम यादव तथा सोही मन्त्रालयको राज्यमन्त्रीमा बिष्णु तुम्वाहाम्फेलाई मात्रै जिम्मेवारी तोकिदिएका छन् ।

गत १६ कात्तिकमा प्रदेश १ को मुख्यमन्त्रीमामा प्रदेश प्रमुख सोमनाथ अधिकारीले राईलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । तर, झन्डै तीन महिना बितिसक्दा पनि मन्त्रीपरिषदलाई पूर्णता दिन नसकिरहेका राईले ५ दलीय गठबन्धनभित्र भागबन्डा मिलाउन मन्त्रालयलाई टुक्राएर १२ पुर्‍याउन लागेका हुन् ।

उता, केही दिन अघि बसेको ५ दलीय गठबन्धन आवद्ध उच्च स्तरीय राजनीतिक संयन्त्र बैठक पछि संयोजक राजीव कोइरालाले राष्ट्रियसभा निर्वाचन पछि प्रदेश १ को मन्त्रीपरिषद् विस्तार र प्रदेश नामाकरणका बारेमा निर्णय लिने बारेमा छलफल चलिरहेको जनाएका छन । उनका अनुसार १२ माघमा हुने राष्ट्रियसभा निर्वाचन लगत्तै प्रदेश १ मा मन्त्रीपरिषद् बिस्तार हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।