जाडोमा राैतामाईका १४० जेष्ठ नागरिकलाई सिरक

उदयपुर, ९ माघ/ उदयपुरको रौतामाई गाउँपालिकाले १४० जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । लैंगिक समानता तथा महिला सशक्तिकरण क्षेत्र अन्तर्गत ज्येष्ठ नागरिक लक्षित बजेटबाट गाउँपालिकाका ८ वटै वडाका ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएकाे हाे ।

गाउँपालिकाले सिरक दिँदा राहत भएकाे रौतामाई गाउँपालिका-४ की ७५ वर्षीय बृद्धा गुणबहादुर मगरले बताए । उनी भन्छन्, ‘यति भए त यो वर्षको जाडो कटाउँछु होला ।’

रौतामाई गाउँपालिका ज्येष्ठ नागरिक संजालका अध्यक्ष छत्रबहादुर मगरले भने, ‘घरमा परिवारसँग मिलेर बसेकाको हकमा त त्यति समस्या छैन । परिवारबाट अपहेलित भएकाको जनजीवन कष्टकर छ, त्यसैले त्यस्ता प्रति कार्यक्रम लक्षित हुनुपर्छ ।’

गाउँपालिकाका उपाध्यक्ष कुमारी ठकुरीले जाडोमा जेष्ठ नागरिकको अवस्था हेरेर सहयोग गरेको बताइन् । उनले भनिन्, ‘गरिब, दलित, विपन्न, असहाय, अपांग, ज्येष्ठ नागरिकलाई प्राथामिकतामा राखेर सिरक वितरण गरेका हाैं ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।