विद्यालय सञ्चालनमा दोहोरीः डीसीएमसीको बन्द गर्ने निर्णय, गाउँपालिकाको सुचारु गर्ने पत्र

पाँचथर, ९ माघ/पाँचथरमा एकै मितिमा जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्र (डीसीएमसी) र एक स्थानीय तहले विद्यालय सञ्चालनका फरक-फरक निर्देशन दिएको पाइएको छ ।

कोभिड-१९ संक्रमण बढिरहँदा डीसीएमसीले गत २७ पुसमा आधारभूत तथा माध्यमिक विद्यालयहरू १५ माघसम्म बन्द गर्ने निर्णय गरेको थियो । तर पाँचथरको मिक्लाजुङ गाउँपालिकाले सोही दिन मातहतका निकायलाई पत्राचार गर्दै विद्यालय नियमित सञ्चालन गर्न भनेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २६ पुसमा कोभिडको तेस्राे लहरको संक्रमणबाट बालबालिकालाई बचाउन विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । मन्त्रालयको उक्त सूचनाका आधारमा २७ पुसमा बसेको डीसीएमसीको बैठकले मासिक बिदामा मिलान हुने गरी १५ माघसम्म विद्यालय बन्द गर्ने र बिदाको अवधिमा सिकाइ सहजीकरण निर्देशिकाअनुसार सिकाइमा सहजीकरण गर्ने निर्णय गरेको थियो । डीसीएमसीको निर्णय नं. ३ मा रहेको उक्त विषय सोही दिन प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेद्वारा जारी सूचनाको बुँदा नं. ८ मा समेत उल्लेख छ ।

यता मिक्लाजुङ गाउँपालिकाले भने २७ पुसमै गाउँपालिकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरूलाई पत्र लेख्दै विद्यालय नियमित सञ्चालन गर्न गराउन भनेको छ । गाउँपालिकाका आठैवटा वडाका वडाध्यक्षहरू तथा सबै विद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरूलाई बोधार्थ राखिएको उक्त पत्रमा मिक्लाजुङ गाउँपालिकामा हालसम्म कोभिड संक्रमण नदेखिएको तथा गाउँपालिकाका विद्यालयहरूमा सिकाइ सहजीकरण निर्देशिका पूर्णरूपमा कार्यान्वयन हुन सक्ने अवस्था नरहेकाले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी विद्यालय नियमित सञ्चालन गर्न अध्यक्ष अमरराज माखिमले पत्राचार गरेको पाइएको छ ।

प्रशासनिक निकाय र स्थानीय तहबीच विद्यालय सञ्चालनबारे धारणा बाझिँदा शिक्षक, विद्यार्थी र अभिभावकहरू भने अन्याेलमा परेका छन् । निर्देशनपछि जिल्लाका अधिकांश स्थानीय तहमा भने पठनपाठन बन्द भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।