पत्रकार विश्वकर्माको मृ’त्युबारे सिभिल अस्पतालले गठन गर्‍याे छानविन समिति

काठमाडौ, ९ माघ/पत्रकार एलबी विश्वकर्माको मृत्युबारे सिभिल अस्पतालले छानविन समिति गठन गरेको छ । उनको मृत्युबारे अध्ययन गर्न अस्पतालका आकस्मिक विभागका प्रमुख दिनेश कुमार लम्सालको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीले जानकारी दिए ।

छानविन समितिमा उपसचिव कृष्ण सापकोटा, शाखा अधिकृत भेषराज घिमिरे र क्यास काउन्टर प्रमुख भेषबहादुर बस्नेत छन् । विश्वकर्माको मृ त्युबारे पत्रकार महासंघले पनि छानविन गरिरहेको अधिकारीले जानकारी दिए ।

पत्रकार विश्वकर्माको मृ त्युपछि अस्पताल व्यवस्थापनको चर्को आलोचना हुँदै आएको छ । पत्रकार महासंघ, नेपाल प्रेस काउन्सिलसहित पत्रकारसँग आबद्ध विभिन्न संघ संस्थाले सो घटनाको छानविनका लागि माग गर्दै आएका थिए ।

वैशाखमा एसइई र कक्षा १२ को परीक्षा जेठमा
भक्तपुर, ९ माघ (रासस) :राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ । बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।

बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसइई वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा सञ्चालन गर्ने बोर्डले निर्णय गर्दै तयारी सुरु गरेकाले परीक्षाको तयारीमा रहन विद्यार्थीलाई आग्रह गर्नुभयो ।

विद्यार्थीको पढाइ पु¥याउन चैतसम्म कक्षा सञ्चालन गर्ने र वैशाखमा परीक्षा गर्ने तयारी गरेको हो । परीक्षा तालिका भने बोर्डले केही दिनपछि सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।