हिमाली बस्तीमा हिमपातले जनजीवन प्रभावित

दिलकुमार लिम्बूताप्लेजुङ, ९ माघ ।हिमाली जिल्ला विभिन्न क्षेत्रमा बिहीबारदेखि हिमपात भएको छ । यता ताप्लेजुङमा तेस्रो पटक ठूलो हिमपात भएको छ । समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका—७ याङमा तीन हजार ४०० सय मिटर उचाइ क्षेत्रका बस्तीहरूमा बिहीबारदेखि बाक्लो हिमपात भएसँगै जनजीवन कष्टकर बनेको छ ।

अहिले हिमाली बस्तीहरू हिउँले छोपिएको छ । गत बिहीबारदेखि हिमपात हुन सुरुभएकोमा आज पनि हिमपात जारिरहेको घुन्साका स्थानीय केल्साङ शेर्पाले बताए । हिमपातका कारणले अत्यधिक चिसो बढेकाले बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका शेर्पाले बताए ।

हिमपातले जनजीवन प्रभावित हुनका साथै पशुचौपायसमेत प्रभावित भएको घुन्साका स्थानीय टासी तेन्जीले शेर्पाले बताएका छन् । हिमाली क्षेत्रका प्रमुख पुर्खौली पेसाको रुपमा पशुपालन गर्दै आएको छ । तर, हिमपातको समय पशु जोगाउ नै मुस्किल पर्ने शेर्पाले बताए। सबैभन्दा याक चौँरीका बाछाबाछीलाई हिमपातको समयमा जोगाउन समस्या हुने शेर्पाले बताए ।

त्यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटरमा अवस्थित ओलाङचुगोला र भले, ग्याप्ला बस्तीमा पनि निकै बाक्लो हिमपातले बस्ती छोपेको छ । मिक्वाखोला गाउँपालिका-६ तोक्पेगोला र पापुङ बस्तीहरूमा समेत हिमपात भएको मिक्वाखोला गाउँपालिका-६ का वडा अध्यक्ष डन्डु शेर्पाले बताए ।

त्यस्तै समुद्र सतह देखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर क्षेत्रमा पनि हिमपात भएको छ । हिमपातका कारणले पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्रीसमेत प्रभावित हुन पुगेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए ।

हिमपात भएसँगै यता सदरमुकाम फुङ्लिङ बजारमा चिसो बढेको छ । अध्यधिक जाडोले जनजीवन प्रभावित भएको छ । ताप्लेजुङमा पहिलो पटक पुस १३ र १४ गते हिमपात भएको थियो । दोस्रो २९ गते हिमपात भएको थियो । अहिले ताप्लेजुङमा तेस्रो पटक हिमपात भएको हो ।

यता जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार (आज) देशभर मौसम सामान्यदेखि पूर्ण बदली हुने बताए । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश नम्बर १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको र देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।