प्रशासनको आदेश मन्त्री र गाउँपालिका अध्यक्षबाटै उल्लंघन

कपिलवस्तु, १० माघ /कोभिड-१९ नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जारी गरेकाे आदेशकाे प्रदेश मन्त्री र गाउँपालिका अध्यक्षले उल्लंघन गरेका छन् । जिल्लामा कोभिडको तेस्रो भेरीयन्ट फैलिएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले २९ पुस र ४ माघमा आदेश जारी गरेको थियो ।

आदेशको पहिलो बुँदामा ‘ सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला, धेरै मानिस भेला हुने क्रियाकलाप २०७८ माघ महिना सम्म सञ्चालन नगर्ने ’ उल्लेख गरिएको छ । कार्यक्रम गर्न परे पनि एन्टिजिन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका बढीमा २५ जना सहभागी हुने गरी सञ्चालन गर्न पाउने आदेश जारी भएको थियो । तर, जनप्रतिनिधिले नै उल्लंघन गरे पनि प्रशासन मौन छ ।

प्रशासन कार्यालयबाट २९ बुँदे आदेश जारी भए पनि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार योजना विकासमन्त्री सहसराम यादव प्रमुख अतिथि भई माघी तथा खिचडी महोत्सवमा सहभागी भएका थिए । कोरोनाको कारण जिल्लाका धेरै माघी महोत्सव रोकिए पनि सयौँको भिडमा मास्क नलगाई प्रदेश मन्त्री नै सहभागी भएका थिए ।

कपिलवस्तुको मायादेवी गाउँपालिकामा पनि आदेश उल्लंघन गरी कार्यक्रम सञ्चालन भएको छ । मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी चौधरीले प्रशासनको आदेश उल्लंगन गर्दै खेलकुद प्रतियोगिताको उद्घाटन गरे । जनता समाजवादी पार्टी कपिलवस्तु जिल्ला अध्यक्षले शैलेन्द्र यादवले मायादेवी गाउँपालिका अध्यक्ष चौधरीले भिडभाड जम्मा गरी ब्याटिङ गरेको फोटो र भिडियो सार्वजनिक गरेका छन् ।

मायादेवी गाउँपालिका-८ गुलरीमा जनसेवा समाजद्वारा आयोजना गरिएको क्रिकेट प्रतियोगिता वडा कार्यालयको सहयोगबाट सञ्चालनमा छ ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्यांक अनुसार मायादेवी गाउँपालिकामा मात्र १० जनालाई कोरोना देखिएको छ । पालिकामा परीक्षण गर्ने व्यवस्था नभएकाले स्थानीय कोरोना परीक्षणका लागि कपिलवस्तु अस्पताल पुग्छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।