धनकुटामा कांग्रेसले निर्वाचन जित्न केन्द्र र प्रदेशको सहयोग

धनकुटा १० माघ, धनकुटा जिल्लामा निर्वाचन जित्नका लागी केन्द्र र प्रदेश कार्य समितिले सहयोग गर्ने आज नेपाली कांग्रेस धनकुटाद्धारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्र र प्रदेशका नेताहरुले वताएका छन । उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा केन्द्रिय सदस्य उमेशजंग रायमाझीले धनकुटामा काग्रेसलाई जिताउनका लागी केन्द्रिय समितिले जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको वताउनु भयो । अर्का केन्द्रिय सदस्य माया राईले अव नेपाली कांग्रेसलाई कसैले पनि हराउन नसक्ने वताउनु भयो ।

नेपाली कांग्रेसका १ नम्वर प्रदेशका महामन्त्री भूपेन्द्र राईले धनकुटामा कांग्रेसले प्राविधक कारणले मात्र निर्वाचनमा पराजय भोग्दै आएकोमा अव धनकुटामा कांग्रेसलाई बिजय गराउन प्रदेश कार्य समितिले महत्वपूर्ण सहयोग गर्ने वताउनु भयो ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईको अध्यक्षतमा सम्पन्न भएको कार्यकर्ता भेटघाट कार्यक्रममा जिल्ला सचिव विजय सन्तोषी राई,प्रदेश सभा निर्वाचन क्षेत्रिय कार्य समितिका सभापती राजन पौडेल,साल्पा सिलुचो गाउपालिका भोजपुरका अध्यक्ष महेश राई लगायतले यस पटकको निर्वाचनमा कांग्रेसले देशभरीनै जित्दै गर्दा धनकुटा जिल्लामा पनि जित्ने दावी गर्नु भयो ।

कार्यक्रममा नेपाली कांग्रेस १ नम्वर प्रदेश कार्य समितिका सदस्य नविन किशोर शाक्य,नेपाली कांग्रेस धनकुटाका उपसभापती सुनिल डंगोल,जिल्ला सदस्यहरु रोषेश श्रेष्ठ,यानिन्द्र तिगेला,भोजपुर जिल्ला कार्य समितिका सदस्य सञ्जय राई,महाधिवेशन प्रतिनिधिहरु सुमना तिम्सिना, थिरेन्द्र लिम्बु,करुणा कटुवाल,प्रदेश महाधिवेशन प्रतिनिधिहरु रोहीणी पाण्डे,राजेश्वर वहादुर श्रेष्ठ,धनकुटा नगर कार्य समितिका सभापती नरेश श्रेष्ठ,वडा नं. ५ का सभापती धन कुमार राई,वडा नं. ६ का सभापती रुपेश श्रेष्ठ,वडा नं. ८ का उपसभापती भोगेन्द्र राई,नेपाल तरुण दल धनकुटाका कार्यवहाक अध्यक्ष रुवराज पराजुली,सदस्य विशाल तुम्याहाङ्ग लिम्बु,क्षेत्रिय प्रतिनिधि भरत श्रेष्ठ लगायतका धनकुटाका नेता तथा कार्यकर्ताहरुले केन्द्रिय सदस्यहरु र प्रदेश महामन्त्रीसंग धनकुटामा भेटघाट गरी छलफल गर्दै कांग्रेसलाई जिताउन पूर्ण एकताका र नया उत्साहका साथ अगाडी बढ्नु पर्नेमा जोड दिनु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।