सिरिजङ्गा लिपि थप गरिएकोप्रति विरोध

दिलकुमार लिम्बू/ताप्लेजुङ, किरात सिरिजङ्गा लिपि समायोजन विज्ञ कार्यदलले सिरिजङ्गा लिपिमा थप गरेकोप्रति असन्तुष्टि जनाएको छ । अनावश्यक लिपि थप गरिएको भन्दै विरोध गरिएको हो ।

सरिजङ्गा लिपि बचाउ अभियन्ताले सोमबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै विरोध गरेको हो । सिरिजङ्गा लिपिलाई किराँत सिरिजङ्गा लिपि बनाएर सिरिजङ्गा लिपिको मौलिकता नष्ट गरिएको भन्दै अभियानले कार्यदलले थप गरेका लिपिसमेत जलाएको थियो । लिम्बू भाषा अनुसार उच्चारण गर्न नसकिने केही अक्षर थपेर सिरिजङ्गा लिपिको मौलिकता नष्ट गरिएको विरोधमा किरात सिरिजङ्गा लिपि समायोजन विज्ञ कार्यदलको प्रतिवेदन जलाइएको सिरिजङ्गा लिपि बचाउ अभियानका अभियन्ता लक्ष्मण मेन्याङ्वोले बताए ।

किरात सिरिजङ्गा लिपि समायोजन विज्ञ कार्यदलले समायोजनका नाममा लिम्बू बोलीचालीमा उच्चारण नै नहुने अक्षरहरू थप गरेकाले थप गरिएको लिपि जलाएको अभियन्ता पदम चेञ्जी मावोले बताए । सिरिजङ्गा लिपिमा २५ वटा व्यञ्जन वर्ण छ तर कार्यदलले त्यसमा २३ वटा थप गरी ४८ वटा पुर्‍याएको मावोले बताए ।

यस्तै लिपिमा ७ वटा स्वरवर्ण तथा सोहीभित्र ५ वटा ह्रस्व–दीर्घसहित १२ अक्षर रहेकामा समायोजन कार्यदलले ५ वटा थप गरेर १७ पुर्‍याएको समेत उनले बताए । लिम्बू बोलीचालीमा उच्चारण नै नहुने ट, ठ, ड, ढ ण जस्ता अक्षर थपिएको माबोले बताए । उनले थपिएका अक्षरलाई अनावश्यक र असान्दर्भिक भएको प्रतिक्रिया दिए ।

कार्यदलको प्रतिवेदनले सिरिजङ्गा लिपिको मौलिकतामा आँच पुगेको तथा बौद्धिक सम्पत्ति नष्ट गर्न खोजेको आरोप समेत लगाएको छ । कार्यदलको प्रतिवेदनले लिपिको मौलिकतामा अतिक्रमण गरेकोले त्यसविरुद्ध आन्दोलनमा उत्रनु परेको सिरिजङ्गा लिपि बचाउ अभियानका ताप्लेजुङ संयोजक मेन्याङ्वोले बताए ।

किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज, किरात राई यायोक्खालगायत संस्था सम्बद्ध किरात समन्वय समितिले केही महिनाअघि ‘किरात सिरिजङ्गा लिपि समायोजनसम्बन्धी कार्यदल–२०७८’ गठन गरेको थियो ।

भाषाशास्त्री डा. तारामणि राई संयोजक रहेको कार्यदलले किरात भाषाहरूमा रहेका ४८ व्यञ्जन वर्ण र १२ स्वर वर्णअनुसार किरात सिरिजङ्गा लिपि समायोजन गरी प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनको विरोधमा सिरिजङ्गा लिपि बचाउ अभियानमार्फत आन्दोलन आन्दोलन गर्ने भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।