कष्टकर जीवन बिताउँदै सहारा विहीन लिम्बूनी

प्रकाश पाक्साँवा/तेह्रथुम, सेतै फुलेका कपाल । चाउरी परेको अनुसार । नसैनसा भरिएका हात खुट्टा । अँध्यारो चुलोमा पकाउँदै गरेको खानेकुरा । घरको परिवार भन्नु नै एक मात्रै । यी हुन तेह्रथुम छथर गाउँपालिका-३ पञ्चकन्या लुकुवाकी ७८ वर्षीया श्रीहाङमा लिम्बुनी ।

उमेरमा विवाहका लागी धेरैले मन पराए । तर, उनले विवाह गरिनन् । जंगलको बिचमा खरले छाएको घरमा बस्दै आएकी छिन् । घरमा स्थानीय सरकारले बिजुली जडान दिएको थियो । तर, तार मुसाले काटी दिएपछि उनको हरेक रात अँध्यारो मै बित्छ । घर नजिकै रहेको सानो झुप्रोमा रात काट्छिन् ।

उनको घरमा खानेपानीको धारा जोडिएको छैन । करिब आधा घण्टाको बाटोबाट बिहानभर लगाएर खानेपानी जोहो गर्नु पर्छ उनले । नजिकै घर छैनन् । लिम्बु भाषा मात्रै बोल्ने गर्छिन् । नेपाली भाषा बोल्न त के बुझ्नै समस्या छ । समस्या हुँदा कसैले सुन्लान र सहयोग पाउँला भन्ने छैन । नजिकै बजार पनि छैन । उनलाई केही कुरा खान मन लागे बजारसम्म पुग्ने अवस्था छैन । खाली खुट्टा नै घरभित्र बाहिर गर्दै आएकी छन् । चुहिएको छानो मुनी रात कटाउनु उनको बाध्यता नै हो ।

लिम्बुनी भन्छिन्, ‘मलाई मासु खान मन लाग्दा पनि खान पाउँदिन । छिमेकीहरूले कहिलेकाहीँ ल्याइदिन्छन् । उमेर हुन्जेल त राम्रै थियो । खान लगान समस्या थिएन । आफै बारीमा अन्न फलाउँथेँ । तर, अब त सक्दिन । मर्ने बेला भयो । बिरामी हुँदा पानी दिनेसम्म कोही छैनन् । दिदीको छोराले चामल र तरकारी माछा-मासु ल्याई दिन्छन् ।’

उनलाई समस्या पर्दा दिदीको छोरा टेकेन्द्र लिम्बुले सहयोग गर्दै आएका छन् । सानीआमालाई हप्तादिन दश दिनमा खानेकुरा पुर्‍याइदिने गरेका छन् । टेकेन्द्र भन्छन्, ‘सानीआमा एक्लै बस्नु भएको छ । भावीले जे लेखेको त्यै भोगेर मर्छु भन्नु हुन्छ । म उहाँको लागि चामल, माछा, मासु र तराकारी पुर्‍याई दिनेगर्छु । घरमा धारा छैन । सानीआमालाई खानेपानीको समस्या छ । स्थानीय सरकारले खानेपानीको लागी सहयोग गरे हुन्थ्यो । हामीसँग जाउँभन्दा पनि मान्नु हुन्न ।’

लिम्बुनीको बाँच्ने आधार भनेकै सामाजिक सुरक्षा भत्ता बनेको छ । उनका दिदीको छोराले भत्ता बुझ्ने गरेका छन् । भत्ताले आमालाई चाहिने सामाग्री किनेर पुर्‍याउँदै आएका छन् । लिम्बुनीको छिमेकी सुजन लिम्बुले भ्याएसम्म हेरचाह गर्दै आएका छन् । छिमेकी र दिदीको छोराले हेरचाह गरे पनि आफ्नै घरमा परिवार भएको जस्तो सहज छैन ।

सुजनले गाउँ-घरमा मासु, माछा पाउँदा पुर्‍याइदिने गरेको बताए । सुजन भन्छन्, ‘बजु एकल हुनुहुन्छ । मनले चाहेको कुरा खान पनि पाउनु भएको छैन । हामी छिमेकीले त कहिलेकाहीँ न हो हेरचाह गर्ने ।’शारीरिक रुपमा अशक्त हुँदै गएपछि ज्येष्ठ नागरिकलाई हिँडडुल गर्न समस्या हुने गरेको छ । सहारा विहीन यी र यस्ता नागरिकलाई जीवन निर्वाह गर्न समस्या हुँदै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।