स्थानीय तहको चुनाव सार्न मिल्दैन – एमाले नेता खरेल

झापा, ११ माघ । नेकपा एमाले स्थायी समिति सदस्य एवं पूर्वकानुनमन्त्री अग्नी खरेलले संविधानले स्थानीय तहको सरकारको तोकिदिएको पाँच वर्ष अवधिभन्दा कसैले एकदिन पनि थप्न नसक्ने बताउनुभएको छ ।आज झापाको विर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले यदि संविधान उल्लङ्घन गरेर स्थानीय तहको चुनाव सार्ने कार्य भएमा एमालेले नसहने बताउनुभयो । “वैशाखमा हुनुपर्ने चुनाव मङ्सिरमा सार्न मिल्दैन । यो स्थानीय निकाय होइन, स्थानीय सरकार हो । संविधानमा यसको अवधि पाँच वर्ष हुने स्पष्ट व्यवस्था छ ।”चुनाव नगर्ने र विगतको जस्तै जनप्रतिनिधिविहीन अन्योलको अवस्थामा स्थानीय तहलाई धकेल्न सरकार उद्यत रहेको उहाँको आरोप थियो । स्थानीय तहमा पाँच वर्ष तोकिएको अवधि एकदिन पनि बढाउन नमिल्ने र एक दिन जनप्रतिनिधिविहीन पनि राख्न नमिल्ने उहाँको धारणा छ । ‘अर्ली इलेक्सन’ वा तीनवटै तहको सरकारको चुनाव एकैपटक गर्ने भन्ने कुरा चुनाव नगर्ने योजना भएको एमाले नेता खरेलको आरोप छ ।

यो पनि पढ्नुहोस…काठमाडौँ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पुष्पकमल दाहाल र माधवकुमार नेपालको रणनीतिमा बेरिएपछि कांग्रेस पार्टीको भविष्यलाई लिएर गम्भीर चिन्तन सुरु भएको छ । दाहाल र नेपालको राजनीतिक भविष्य सुरक्षित गरिदिन देउवाले सिंगो कांग्रेसलाई नै बलि चढाउन लागेको निष्कर्ष धेरै नेता तथा शुभेच्छुक र कार्यकर्ताहरुले निकालेका छन् ।कांग्रेसभित्रै पनि इतर खेमा मात्र होइन, संस्थापन खेमामा समेत सभापति देउवाले स्थानीय तहको चुनाव पर धकेलेर लोकतान्त्रिक व्यवस्थालाई नै धरापमा पार्न लागेको भन्दै चिन्ता व्यक्त हुन थालेको छ ।

त्यसैले वैशाखभित्रै चुनाव हुनुपर्नेमा कांग्रेसभित्र बलियो मत छ । अहिले एमाले फुटेका बेला तत्काल चुनावमा जाने हो भने मात्र कांग्रेस देशको पहिलो पार्टी बन्ने र देउवा सरकारमा जति धेरै समय बस्छन् उति नै बदनाम हुने भएकाले पार्टीको मत घट्ने कांग्रेस नेताहरुको बुझाइ छ ।यति मात्र होइन, लोकतन्त्रका आधारभूत मूल्यविपरीत स्थानीय चुनाव टार्न खोजेको र यससम्बन्धी निर्णय लिँदा पनि एकलौटी गरेको भन्दै शेखर कोइराला पक्षले व्यापक असन्तुष्टि पोखेको छ । सो समूहले स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने भन्दै पार्टीमा दबाब बढाउन विशेष अभियान नै चलाउने भएको छ । शेखर पक्षको भर्चुअल बैठकले निर्वाचनको मितिका विषयमा देउवाले पार्टीमा कुनै छलफल नगरेको भन्दै नेताहरुले आक्रोश पोखेका थिए ।

कांग्रेसलाई समेत असर गर्ने र राष्ट्रिय राजनीतिका महत्त्वपूर्ण विषयमा गठबन्धन निर्णयमा पुग्नुअघि सभापति देउवाले पार्टीमा छलफल गर्नुपर्नेमा त्योसमेत नगरेकोमा धेरै नेताले आक्रोश व्यक्त गरेका थिए ।‘निर्वाचन सार्नेजस्तो विषयमा सभापतिले पार्टीमा छलफल गर्नुपर्छ । तर यहाँ त पार्टीमा छलफल नै नगरी गठबन्धनका नेताहरुसँग छलफल गरेर उनीहरुकै स्वार्थ र रणनीतिमा निर्णयमा पुग्ने काम भएको छ,’ नेताहरुको भनाइ थियो, ‘अब माओवादी र एकीकृत समाजवादीको पाप बोकेर कांग्रेस थप अगाडि बढ्न नसक्दैन । चुनावमा पनि यिनीहरुलाई बोकेर जान सकिँदैन । तीनै तहको निर्वाचनमा कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिनुपर्छ ।’

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन गठबन्धनको आवश्यकता रहे पनि अब नयाँ जनादेशमा जानका लागि कम्युनिस्टका कनिका बोकेर जानु नपर्ने नेताहरुको राय थियो ।बैठकमा शेखर कोइरालासहित महामन्त्री गगन थापा, नेताहरु डा. मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, अर्जुननरसिंह केसी, रामशरण महतलगायतको सहभागिता थियो । देउवालाई गठबन्धन घटकका गलत स्वार्थको गोटी बन्न नदिन पार्टीभित्रैबाट नियन्त्रण गर्नुपर्ने र घेराबन्दी बढाउनुपर्ने निष्कर्षमा कांग्रेसका नेताहरु पुगेका छन् ।

त्यसो त महाधिवेशनमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि र सशांक कोइरालाजस्ता नेताहरूले गद्दारी गरेका कारण पनि देउवाको मनोमानी बढेको हो । रामचन्द्रलाई सर्वसम्मत बन्न नदिन प्रकाशमान सिंह र सशांक कोइरालाले सभापतिमा दाबी गरेका थिए । यही कारण उनीहरुले अन्तिम समयसम्म दाबी छाडेनन् पनि । त्यस्तै संस्थापनलाई विभाजित र देउवालाई कमजोर देखाउन विमलेन्द्र निधिलाई अगाडि सारिएको थियो । त्यो कुन शक्ति थियो भन्ने बिस्तारै खुल्दै जाला । प्रकारान्तरले यो कांग्रेसलाई समाप्त पार्ने खेलअन्तर्गत भएको थियो ।यदि इतर खेमाबाट रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि र सशांक कोइरालाजस्ता नेताहरूले गद्दारी नगरेका भए दोस्रो पुस्ताबाट शेखर कोइराला सभापति बन्थे ।

अहिले प्रधानमन्त्री प्रकाशमान सिंह हुन्थे भने रामचन्द्र आउँदो चुनावपछि राष्ट्रपतिको पदमा बिराजमान हुन्थे । सशांक कोइराला सम्मानीत नेता भएर बस्न पाउँथे । तर आफैभित्रबाट गद्दार नेताहरु निस्किएपछि अहिले कोइराला खेमालाई देउवाको स्वेच्छाचारितामा अंकुश लगाउन कठिन भएको छ ।अहिले देउवाले प्रचण्ड र माधवको लहैलहैमा लागेर पार्टीलाई बदनाम बनाउन लागेको देखेर भने धेरै संस्थापनकै नेताहरु समेत रुष्ट भएका छन् । तिनको समेत आवाजलाई साथमा लिएर शेखर कोइराला अघि बढे भने देउवाको प्रधानमन्त्रित्व मात्र होइन,यो गठबन्धनको अस्तित्व पनि समाप्त हुनेछ । देश चुनावमय हुनेछ । प्रचण्ड र माधवजस्ता लोकतन्त्रका कसिंगर बढारिनेछन् । एमाले र कांग्रेस देशका प्रमुख दुई शक्तिका रुपमा रहनेछन्।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।