आफ्नै बुबाको ह’त्या गर्ने खत्रीमाथि थप अनुसन्धान जारी
मोरङ, १३ माघ /आफ्नै बुबाको ह त्या गरेको आरोपमा पक्राउ परेका मोरङ बेलबारी नगरपालिका–९ डाँगाबजारका ३५ वर्षीय जयबहादुर खत्रीमाथि थप अनुसन्धान भइरहेको छ । बुधबार राति पक्राउ परेका उनीमाथि थप अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीले जानकारी दिएको छ ।
आफ्नै बुबा ८० वर्षीय दलबहादुर खत्रीको कु टपि ट गरी ह त्या गरेको आरोपमा राति जयबहादुर पक्राउ परेका थिए । प्रहरीका अनुसार मा दक प दार्थ से वन गरेका जयबहादुरले घरायसी विषयमा वा दवि वाद हुँदा बुबा दलबहादुरलाई कु टपि ट गरेका थिए ।
छोराको कु टपि टबाट दलबहादुरको मृ त्यु भएको खबर पाउनासाथ अस्थायी प्रहरी चौकी डाँगाबजार र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले जयबहादुरलाई पक्राउ गरेको हो ।
ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई न्यानो कपडा
वालिङ, १३ माघ (रासस) ःस्याङ्जाको भीरकोट नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका एक हजार बढीलाई न्यानो कपडा वितरण गरेको छ ।
नगरपालिकाले पहिलो चरणमा नगरका ९ वटै वडामा रहेका ७५ वर्ष उमेरभन्दा माथिका ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता (रातो कार्ड) भएका नागरिकलाई न्यानो कपडा वितरण गरेको नगर प्रमुख छायाराम खनालले बताउनुभयो । “आइतबारबाट प्रत्येक वडाका टोल÷टोलमै पुगेर फाइबरको सिरक उपलब्ध गराका छौं”, नगरप्रमुख खनालले भन्नुभयो,“पहिलो चरणमा ७५ वर्षभन्दामाथिका ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएकालाई लक्षित गरेर वितरण गरिएको छ ।”
नगरपालिकाले पहिलो चरणमा लक्षित एक हजार नागरिकलाई सिरक उपलब्ध गराउने र दोस्रो चरणमा ७० वर्षभन्दा माथिका झण्डै एकहजार ज्येष्ठ नागरिकलाई पनि न्यानो कपडा उपलब्ध गराउने गरी बजेट विनियोजन गरिसकेको उहाँले बताउनुभयो ।
पहिलो चरणका लागि नगरपालिकाले रु १० लाख बजेट विनियोजन गरेको थियो । दोस्रो चरणका लागि पनि रु १० लाख बजेट विनियोजन गर्ने तयारी छ । “जाडोमा ज्येष्ठ नागरिकलाई घर–घरमै भेट्न जाँदा पालिकाकोतर्फबाट उपहारस्वरुप न्यानो कपडा दिएका हौं”, उहाँले भन्नुभयो, “उद्देश्य यत्तिमात्रै छ, सक्दासम्म दुःख गरेका ज्येष्ठ नागरिक काम गर्न नसक्ने हुँदाको अवस्थामा हेलामा नपरुन्, आदर सम्मान गर्ने बानीको विकास गर्न सकियोस् भन्ने सिकाउन ‘ज्येष्ठ नागरिक सम्मान’ अभियान सञ्चालन गरिएको हो ।”


