झापाबाट इलाम आउँदै गरेको जिप दुर्घटनामा दुई जनाको मृ’त्यु, एक घा’इते

इलाम, १३ माघ । मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिकामा बिहीबार भएकाे जिप दुर्घटनामा दुई जनाको मृ त्यु भएको छ । झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको जिप अनियन्त्रित भएर सडकबाट खस्दा दुई जनाको ज्यान गएको हो ।

मृ त्यु हुनेमा झापाको मेचीनगर नगरपालिका-४ का ५५ वर्षीय रमेश थापा र सोही स्थानका ४० वर्षीय सूर्यबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । रोङ गाउँपालिका- ४ पहिरोमा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिएका छन् । दुर्घटनामा मेचीनगर नगरपालिका- ४ का ३३ वर्षीय चालक अर्जुन कोइराला घाइते भएका छन् । उनको झापास्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई न्यानो कपडा
वालिङ, १३ माघ (रासस) ःस्याङ्जाको भीरकोट नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका एक हजार बढीलाई न्यानो कपडा वितरण गरेको छ ।

नगरपालिकाले पहिलो चरणमा नगरका ९ वटै वडामा रहेका ७५ वर्ष उमेरभन्दा माथिका ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता (रातो कार्ड) भएका नागरिकलाई न्यानो कपडा वितरण गरेको नगर प्रमुख छायाराम खनालले बताउनुभयो । “आइतबारबाट प्रत्येक वडाका टोल÷टोलमै पुगेर फाइबरको सिरक उपलब्ध गराका छौं”, नगरप्रमुख खनालले भन्नुभयो,“पहिलो चरणमा ७५ वर्षभन्दामाथिका ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएकालाई लक्षित गरेर वितरण गरिएको छ ।”

नगरपालिकाले पहिलो चरणमा लक्षित एक हजार नागरिकलाई सिरक उपलब्ध गराउने र दोस्रो चरणमा ७० वर्षभन्दा माथिका झण्डै एकहजार ज्येष्ठ नागरिकलाई पनि न्यानो कपडा उपलब्ध गराउने गरी बजेट विनियोजन गरिसकेको उहाँले बताउनुभयो ।

पहिलो चरणका लागि नगरपालिकाले रु १० लाख बजेट विनियोजन गरेको थियो । दोस्रो चरणका लागि पनि रु १० लाख बजेट विनियोजन गर्ने तयारी छ । “जाडोमा ज्येष्ठ नागरिकलाई घर–घरमै भेट्न जाँदा पालिकाकोतर्फबाट उपहारस्वरुप न्यानो कपडा दिएका हौं”, उहाँले भन्नुभयो, “उद्देश्य यत्तिमात्रै छ, सक्दासम्म दुःख गरेका ज्येष्ठ नागरिक काम गर्न नसक्ने हुँदाको अवस्थामा हेलामा नपरुन्, आदर सम्मान गर्ने बानीको विकास गर्न सकियोस् भन्ने सिकाउन ‘ज्येष्ठ नागरिक सम्मान’ अभियान सञ्चालन गरिएको हो ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।