भोजपुरमा खै’रो हेरोइन सहित दुई जना पक्राउ

भोजपुर :दुईवटा मालबाहक ट्रकमा खै रो हे रोइन (ब्रा उन सु गर) भेटिएपछि प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ। भोजपुर सदरमुकाम नजिकैको दुम्सिकास्थित को. १ ख ६२३२ र ना. ६ ख ७४७८ नम्बरको ट्रकमा ब्रा उन सु गर लुकाएर लाँदै गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी इन्सपेक्टर अर्जुनकुमार अधिकारीले जानकारी दिए।

ट्रक चालक धनकुटा नगरपालिका घर भइ मोरङ केराबारी बस्दै आएका २९ वर्षीय सुमन तामाङ र संखुवासभा धर्मदेवी नगरपालिका–५ बस्ने ३७ वर्षीय दलबहादुर मगरलाई पक्राउ गरिएको छ। भोजपुरबाट धरान जाँदै गरेका उनीहरूको साथबाट करिब २ ग्राम १ मिलिग्राम ब्राउन सुगर र ८३ हजार ६ सय नगद बरामद गरिएको छ। दुईवटै ट्रक नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।

लोकतन्त्र र संविधानको रक्षार्थ दृढतापूर्वक लाग्न आग्रह
गण्डकी, १४ माघ (रासस) :गण्डकी प्रदेशको पाँच दलीय गठबन्धनको बैठकले राष्ट्रियसभाका नवनिर्वाचित सदस्यलाई लोकतन्त्र र संविधानको पक्षमा दृढतापूर्वक उभिन आग्रह गरेको छ ।

राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा बिहीबार बसेको गठबन्धनको समीक्षा बैठकले राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका उम्मेदवार सुरेश आलेमगर, कमला पन्त र भुवनबहादुर सुनार विजयी भएकामा बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो ।

“बैठकले गठबन्धनको आवश्यकता र औचित्यतालाई थप पुष्टि गर्दै प्रजातन्त्र, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनलाई निरन्तरता दिनुपर्ने पनि निष्कर्ष निकाल्यो”, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ । निर्वाचनका क्रममा देखिएका कमी–कमजोरीलाई आ–आफ्नो पार्टीमा छलफल गरी यसलाई अनुशासनको विषयवस्तु बनाउने पनि बैठकले निर्णय गरेको छ ।

राष्ट्रियसभाको निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी बनाउन लाग्ने नेता, कार्यकर्ता, मतदाता एवं आम जनतालाई धन्यवाद दिँदै बैठकले निर्वाचन सम्पन्न गर्न प्रत्यक्ष वा अप्रत्यक्षरूपमा संलग्न हुने सबै निकायलाई हार्दिक आभारसहित धन्यवाद व्यक्त गरेको छ । विज्ञप्तिमा नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति सभापति शुक्रराज शर्मा, नेकपा ९माओवादी० केन्द गण्डकी प्रदेश समिति अध्यक्ष गायत्री गुरुङ, नेकपा ९एकीकृत समाजवादी० पोलिटब्यूरो सदस्य एवं गण्डकी प्रदेश कमिटी सचिव प्रतापलाल श्रेष्ठ, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश समिति अध्यक्ष शङ्कर बराल र जनता समाजवादी पार्टी गण्डकी प्रदेश समिति उपाध्यक्ष हेमबहादुर थापाले हस्ताक्षर गर्नुभएको छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।