मैवाखोला गाउँपालिकामा ५५९ जना गरिब सूचीकृत

दिलकुमार लिम्बू/ताप्लेजुङ, १४ माघ । ताप्लेजुङको मैवाखोला गाउँपालिका भित्र ५५९ जना गरिब पहिचान भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रलयद्वारा गरिब पहिचान र परिचय कार्यक्रममा सो संख्यामा गरिबको प्रारम्भिक सूचीमा परेको हो ।

अति विपन्न २३६ जना रहेको मैवाखोला गाउँलिकाको जनाएको छ । १२२ जना सामान्य गरिब रहेको छ भने त्यस्तै १३८ जना मध्यम गरिब गरेको गाउँपालिकाको गुनासो सुनुवाइ अधिकारी अनिल तामाङले बताए ।

गत २०७६/७७ आर्थिक वर्षमा भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गाउँपालिकामा तथ्यांक संकलन गरेको थियो । सो तथ्यांकलाई अन्तिम रुप दिनका लागि गाउँपालिकामा गुसानो सुनुवाई अधिकारी नियुक्ति समेत गरिसकेको मन्त्रलयले जनाएको छ । बिहीबारदेखि २८ माघसम्म आफूले चित्त नबुझेको खण्डमा उजुरी दिन समय तोकिएको गुनासो सुनुवाइ अधिकारी तामाङले बताए । तोकिएको समयमा कुनै गुनासो तथा उजुरी नपरेमा सार्वजानिक भएको तथ्यांकका आधारमा गरिब पहिचान परियपत्र मन्त्रलयले वितरण गर्ने तामाङले बताए ।

अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने निर्णय मन्त्रलयले जनाएको छ । गरिब घरपरिवार परिचय पत्रले लक्षित एवं विपन्न वर्गलाई राहत, सहुलियत, रोजगारी, सामाजिक सुरक्षा लगायतमा विशेष सहयोग पुर्‍याउने उद्देश्यले गरिब तथा विपन्न वर्गलाई लक्षित गरी विभिन्न निकायबाट सञ्चालित कृषि कर्जा, सहुलियतपूर्ण व्याज, कृषिका लागि अनुदान, स्वास्थ्य उपचार, शिक्षामा सहुलियत लगायतका कार्यक्रमहरुको प्रभावकारिता दिने मन्त्रलयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।