रौता पोखरी क्षेत्रमा लगानी बढाउँदै व्यापारी

उदयपुर, १४ माघ । उदयपुरको रौतामाई गाउँपालिका-६ मा पर्ने धार्मिक पर्यटकीय क्षेत्र रौतापोखरीमा व्यापारीले लगानी बढाउन थालेका छन् । धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको रौतापोखरी जाने सडक स्तरोन्नतिसँगै व्यापारीले लगानी बढाउन थालेका हुन् । सडक स्तरोन्नतिले दैनिक जसो आन्तरिक र बाह्य पर्यटकको आवतजावत हुन थालेपछि व्यापारीले ठूला लगानीमा आकर्षक र सुविधा सम्पन्न होटेल बनाउन सुरु गरेका छन् । रौतामाई गाउँपालिका-६ मा रहेको रौतापोखरी हिन्दु धर्मको धार्मिक आस्थाको केन्द्रको रूपमा परिचित छ ।

पर्यटकीय गन्तव्य केन्द्र बनेको रौतापोखरीमा भर्खरै दुई व्यापारीले २ करोड २५ लाखको लगानीमा ‘रौता दरबार माउन्टेन भ्यु रिसोर्ट’ सञ्चालनमा ल्याइएका छन् । दुई दर्जन व्यापारीले जग्गा खरिद गरी होटेल तथा रिसोर्ट खोल्ने तयारी गरेको वडाध्यक्ष तिलकुमार रानाले बताए । राजनीति र समाजसेवा गर्दै आएका गाईघाटका सरोज बस्नेत र रामपुरका शिव अधिकारीको लगानीमा रिसोर्ट निर्माण गरिएको हो । बस्नेत हाल नेपाली काँग्रेस त्रियुगा नगर समितिको सभापति छन् भने सहकारीलगायत विभिन्न संघसंस्थामा समेत आबद्ध भएर समाज सेवामा क्रियाशील छन् ।

अधिकारी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का जिल्ला स्तरीय नेता हुन् । दुवै जनाको संयुक्त लगानीमा रिसोर्ट सुरु गरिएको अधिकारीले बताए । रौतापोखरी कच्ची सडकले छोएसँगै विगत दुई दशक यता बजारीकरण हुँदै आएको छ । समुन्द्री सतह देखि १ हजार ७ सय ७० मिटरको उचाइमा रहेको यो पोखरी सदरमुकाम गाईघाटबाट ४६ किलोमिटर दूरी रहेको छ । त्यसमध्ये ३८ किलोमिटर कालोपत्रे भइसकेको र बाँकी सडक पनि स्तरोन्नति भइसकेकाले पर्यटकको रोजाइमा रौतापोखरी पर्ने गर्छ । त्यहाँ पुगेका पर्यटकले राम्रो वासस्थान र खानपिन गर्न नपाएपछि व्यापारीले लगानी बढाएका हुन् ।

पर्यटकको रुचीलाई अझै व्यवस्थित र सुविधा सम्पन्न होटेलको अभाव टार्न रिसोर्ट सुरु गरिएको उनको भनाई छ । यो रिसोर्ट रौतापोखरी क्षेत्रका अहिलेसम्मकै ठूलो लगानीको होटेल हो । व्यापारीले रौतापोखरी आसपासमा धेरै जग्गा खरिद गरेता पनि व्यावसायिक होटेलमा कसैले लगानी नगरेकाले आफूहरूले लगानी गरेको उनको भनाई छ ।

सुविधा सम्पन्न होटेलको आवश्यकता महसुस गरी रिसोर्ट सञ्चालन गर्न खोजिएको सञ्चालक सरोज बस्नेतले बताए । यसले एकातिर पर्यटन विकासमा सहयोग गर्ने र अर्कातिर रोतौपोखरी क्षेत्रको विकासमा पनि टेवा पुग्ने उनको भनाई छ । रिसोर्टको दुई तले पक्की भवन र २ वटा कटेज बनिसकेका छन् । रिसोर्टटमा ८० जना आँट्ने क्षमताको सभाहल तयार भइसकेको छ ।

रिसोर्टमा सुविधा सम्पन्न ९ वटा लक्जरियस कोठाहरू रहेका छन् । रौता पोखरीमा १२ महिनै स्वच्छ वातावरण, चिसो मौसम र चारैतिरको मनमोहक दृश्य देख्न सकिने स्थान हो । बजारीकरण बढ्दै गएको रौतामा सामुदायिक होमस्टे र झन्डै १ दर्जन हाराहारी ससाना होटेल, रेस्टुरेन्टहरू सञ्चालनमा छन् । तर, पछिल्लो केही वर्ष यता आन्तरिक र बाह्य पर्यटकको आवागमन बढ्दै जाँदा सुविधा सम्पन्न होटेलको अभाव हुँदै आएको थियो ।

वडाध्यक्ष रानामगरले भने, पाँच वर्ष अघिसम्म लाख रुपैयाँ रोपनीमा पाइने आसपासका जग्गा अहिले १० लाख बढी पुगेको छ । मुख्य ठाउँमा २० लाख रुपैयाँ रोपनीका खरिद बिक्री सुरु भएको उनले बताए । उनले सडक सञ्जाललाई अझ व्यवस्थित बनाउन सके धार्मिक आस्थाका भक्तजन र पर्यटकमा बढ्ने थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।