इलाममा किसानको सूचीकरण गरिँदै

इलाम, १५ माघ/असंगठित रहेका किसानका बारेमा विस्तृत जानकारी वेभ साइटमा राख्न र उनीहरूको पहिचानको लागि परिचय पत्र वितरणको लागि इलाममा किसान सूचीकरण थालिएको छ । पालिकामार्फत गणक परिचालन गरेर किसानको सूचीकरण थालिएको हो । इलामको दुई स्थानीय तहमा सूचीकरणको काम थालिएको छ भने दुई स्थानी तहमा चालु वर्षमानै सूचीकरण सुरु हुने भएको छ ।

इलामको सूर्योदय नगरपालिका र इलाम नगरपालिकामा किसान सूचीकरण सुरु भएको छ । सूर्योदयको नगरपालिकाको ९ र १२ नम्बर वडामा र इलाम नगरपालिकाको २, ३, १० र १२ नम्बरमा वडामा किसान सूचीकरणको काम थालिएको छ । चालु वर्षमानै रोङ गाउँपालिका, माइजोगमाई गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा किसान सूचीकरण सुरु हुने कृषि ज्ञान केन्द्र इलामका निमित्त प्रमुख टोनी वर्देवाले जानकारी दिए । ‘पालिकाले किसान सूचीकरणको लागि गणकको छनोट गरेपछि उनीहरूलाई तालिम गराएपछि काम सुरु हुन्छ’, वर्देवाले भने,‘कार्यक्रम सञ्चालनको लागि हामीले समन्वय गरिरहेका छौ ।’

कार्यक्रम सुरु हुने कृषि ज्ञान केन्द्र इलामका निमित्त प्रमुख टोनी वर्देवाले जानकारी दिए । चार वर्षभित्रमा इलामको सबै किसानको सूचीकरण सक्ने गरी स्थानीय तह मार्फत किसान सूचीकरण थालिएको हो ।

किसान र उनीहरूले गर्ने खेतीबाली विस्तृत विवरण संकलनको लागि संघीय सरकारले प्रत्येक स्थानीय तहमा चार/चार लाख रुपैयाँको दरले बजेट विनियोजन गरेको छ । चार वर्षमा सबै किसानको सूचीकरणको काम गर्नेगरि बजेट विनियोजन गरिएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख वर्देवाले जानकारी दिएका छन् ।

किसानको सूचीकरण गरेपछि किसानलाई परिचय पत्र नम्बर सहितको किसान परिचय पत्र वितरण गरिने भएको छ । किसानलाई स्थानीय तहले परिचयपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । यसअघि किसानको पहिचान खुल्ने कुनै प्रमाणपत्र किसानलाई दिइएको थिएन ।

किसानको सूचीकरण मार्फत किसानको व्यक्तिगत विवरणदेखि जग्गा, खेतीबाली, पशुपालन, मत्स्यपालन सम्बन्धी विवरण संकलन हुने छ । किसानको विभिन्न किसिमको १७ वटा किसिमको विवरण संकलन गरिने छ । त्यसमा आधारभूत विवरण, पारिवारिक विवरण, खेत बारीको विवरण, जमिन करारमा लिए दिएको विवरण, कृषि व्यवसाय दर्तासँग सम्बन्धित विवरण, आय र खर्चको विवरण संकलन गरिने छ ।

त्यस्तै बालीको उत्पादन सम्बन्धी विवरण, बालीको बजारीकण सम्बन्धी विवरण, कृषिमा मेसिनको प्रयोग सम्बन्धी विवरण, कृषि र पशुपालन सम्बन्धी संरचनाको विवरण, पशुपालन सम्बन्धी मेसिनको प्रयोग सम्बन्धी विवरण, ह्याचरी तथा मत्स्यपालन सम्बन्धी संरचनाको विवरण संकलन गरिने छ । त्यस्तै मत्स्य पालन सम्बन्धी मेसिनको प्रयोग, पशुपन्छी तथा मत्स्य उत्पादनको बजारको विवरण संकलन गरिने छ ।

सूचिकृत किसानको विवरण वेभ साइटमा राखिने छ । वेभ साइटमा राखिएको किसानको विवरणले उनीहरूको वास्तविकता थापा पाउन सजिलो हुने इलाम नगरपालिकाका कृषि शाखा प्रमुख उपेन्द्र नेपाल बताउँछन् । ‘सूचिकृत किसानको एक क्लिकमा सबै विवरण बुझ्न सकिन्छ, यसले किसानको श्रेणी विभाजन पनि हुन्छ’, इलाम नगरपालिकाका कृषि शाखा प्रमुख उपेन्द्र नेपालले भने, ‘राज्यबाट किसानको लागि दिइने सेवा सुविधा वास्तविक किसानले पाउँछन्, अनुदान लगायतमा दोहोरोपन पनि हट्छ ।’

सूचिकृत किसानले व्यवसाय घटबढ गरे सोही अनुसार आफ्नो विवरण अपडेट गर्न सक्छन् । एक पटक सूचीकरण भएका किसानले आफ्नो वडाको सिफारिस लिएर पालिकाको कृषि शाखा मार्फत विवरण अपडेट गराउन सक्नेछन् । वेभ साइटमा अपडेट भएको सूचना कृषि ज्ञान केन्द्रले प्रमाणित गर्नुपर्नेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।