पूर्वसभासद थापाकाे निधन

काठमाडाैं, १७ माघ/नेकपा (एकीकृत समाजवादी)का नेता डा दुमनिसिंह थापाकाे निधन भएकाे छ ।अर्घाखाँची जिल्लाबाट पहिलाे संविधानसभामा निर्वाचित थापाको ह्याम्स अस्पताल काठमाडौंमा आइतबार साँझ निधन भएको हो ।

केही समय अघि उनकाे मिर्गौला प्रत्यारोपण भएकाे थियाे ।एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य थिए । उनी मेगा बैंकका संस्थापक तथा पूर्व संचालक पनि हुन् ।

खर्च जुटाउन ‘खाजा घर’ सञ्चालन
बनेपा, १७ माघ (रासस) ःपनौती नगरपालिका वडा नं ७ पुरानो बजारस्थित पनौती आधारभूत विद्यालयलमा कक्षा ८ मा अध्ययनरत अस्मिता खनाल योमरी बनाउन र वितरण व्यस्त छिन् । विद्यालयले मकर मेला लक्षित ‘खाजा घर’ सञ्चालन गरेपछि उनी सहित सो विद्यालयमा अध्ययनरत छात्रछात्रा करिब दुई सातादेखि काममा व्यस्त भएका हुन् ।

पनौती –४ ज्यापाटीका रञ्जिता थोकर पिठो मुछेर योमरी बनाउँदैमा दिनभर व्यस्त हुन्छिन् । शैक्षिक भ्रमण जानका लागि खर्च जोहो गर्न ती काम थालेको उनीहरुको भनाइ छ । विद्यालयद्वारा सञ्चालित सो खाजा घरमा ११ विद्यार्थीले स्वयंसेवकका रुपमा काम गर्दै आएका छन् । उनीहरुको काम योमरी बनाउने, पकाउने, ग्राहकलाई दिने रहेको छ । दैनिक रु चार हजारदेखि छ÷सात हजारसम्मको योमरी बिक्री हुने गरेको विद्यालयले जनाएको छ । उनीहरुले आलोपालोमा काम गर्दै आएका छन् । विद्यालयमा कक्षा सात र आठमा अध्ययनरत ५८ विद्यार्थी भ्रमणको तयारी गर्दैछन् ।

कोरोना सङ्क्रमण जोखिमका कारण अहिले विद्यालय बन्द छ । शैक्षिक गतिविधि बन्द रहेको समयमा विद्यालय भवनमा ‘खाजा घर’ सञ्चालन गरेपछि विद्यार्थीको सीप र स्वयंसेवी काममा सहयोग समेत पुगेको जनाइएको । सो विद्यालय पनौती क्षेत्रकै सबैभन्दा पुरानो विद्यालयभित्र पर्ने पनौती – ७ का लक्ष्मीनारायण ख्वाउजुले बताउनुभयो ।

खाजाघर सञ्चालन गर्न विद्यार्थी मात्रै नभई शिक्षक शिक्षिका पनि उत्तिकै खटिरहनुभएको छ । प्रधानाध्यापक लक्ष्मीकृष्ण ताम्राकारको नेतृत्वमा सो काम भइरहेको हो । मकर मेला सञ्चालन अवधिभर सञ्चालन हुने खाजाघरबाट करिब रु ६० देखि ७० हजारसम्म आम्दानी हुने अनुमान गरेको उहाँले बताउनुभयो । विद्यालयमा २४० विद्यार्थी अध्ययनरत छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।