मारुती सिमेन्टद्वारा दुधौली नगरपालिकालाई एम्बुलेन्स प्रदान

उदयपुर, मारुती सिमेन्ट प्रालिले सिन्धुलीको दुधौली नगरपालिका-१४ अरुण ठाकुरलाई एम्बुलेन्स प्रदान गरेको छ । अरुण ठाकुरलगायत आसपासका स्थानीयहलाई स्वास्थ्यमा पहुँच पुर्‍याउन एम्बुलेन्स प्रदान गरिएको सिमेन्ट प्रालिले जनाएको छ ।

प्रालिका सञ्चालक तथा प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र राईका आर्थिक सल्लाहाकार राजेन्द्र राउतले नगरपालिकाका नगर प्रमुख घनश्याम राउतलाई एम्बुलेन्स हस्तान्तरण गरेको हो । एम्बुलेन्सको चाबी हस्तान्तरण गर्दै प्रालिका राउतले त्यस क्षेत्रका स्थानीयलाई विभिन्न क्षेत्रमा प्रालिले सहयोग गरी रहेको बताउँदै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे । नगर प्रमुख राउतको सहकार्यमा एम्बुलेन्स प्रदान गर्न सहज भएको प्रालिका सञ्चालक राउतले बताए ।

नगर प्रमुख राउतले एम्बुलेन्स चाबी बुझेर पुन वडाध्यक्ष लिलबहादुर थापा मगरलाई चाबी वडाको जिम्मा लगाए । नगर प्रमुख राउतले अन्य ६ वडालाई नगरले नै एम्बुलेन्स दिएको भए पनि विकट १४ नम्बर वडालाई प्रालिले सहयोग गरेकोमा धन्यवाद दिए । यो महत्त्वपूर्ण कार्यमा सहयोग पुर्‍याएकोमा नगर प्रमुख राउतले प्रालिलाई धन्यवादसमेत दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।