सोनाम ल्होसार र न्वागी पर्वमा सार्वजनिक बिदा

मकवानपुर, १८ माघ (रासस) :बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सोनाम ल्होछार र न्वागी पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तामाङ समुदायले मनाउने विशेष पर्व सोनाम ल्होसार र चेपाङ समुदायले मनाउने मुख्य पर्व न्वागीको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय भएको सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिनुभयो ।

उहाँको अनुसार ल्होसारमा प्रदेशको १३ वटै जिल्ला र न्वागीमा चेपाङ समुदायको बसोबास रहेको मकवानपुर, चितवन र धादिङ जिल्लामा मात्र सार्वजनिक बिदा दिने निर्णय भएको हो । त्यसैगरी मकवानपुरको बागमती गाउँपालिका, राक्सिराङ गाउँपालिका र बकैया गाउँपालिकाले पनि सूचना जारी गर्दै ल्होसारको अवसरमा पालिकाभर सार्वजनिक बिदा दिने जनाएको छ ।

समाजवादी प्रेस सङ्गठन बागलुङको संयोजकमा घिमिरे
बागलुङ, १८ माघ (रासस) :समाजवादी प्रेस सङ्गठन नेपाल बागलुङ शाखाको संयोजकमा पत्रकार रामप्रसाद घिमिरे चयन हुनुभएको छ । जिल्लाको सिफारिस र परामर्शमा सङ्गठनको केन्दीय समितिले उहाँलाई संयोजकको जिम्मेवारी तोकेको हो ।

छिट्टै सङ्गठन निकट र शुभेच्छुक पत्रकार–सञ्चारकर्मीको भेला डाकेर जिल्ला कार्यसमिति गठन गरिने संयोजक घिमिरेले बताउनुभयो । उहाँले सङ्गठन विस्तारको काम पनि सँगसँगै अघि बढ्ने उल्लेख गर्नुभयो । घिमिरे न्यूज–२४ टेलिभिजन र नेपालदूत अनलाइनमा कार्यरत हुनुहुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।