प्रेस चाैतारी सर्लाहीकाे अध्यक्षमा सापकाेटा पुन: चयन

सर्लाही, १९ माघ/प्रेस चाैतारी नेपाल सर्लाही शाखा अध्यक्षमा अच्युतम सापकाेटा पुन: चयन भएका छन् । प्रेस चाैतारी नेपाल सर्लाही शाखाकाे बुधवार भएकाे भेलाले सापकाेटाकाे अध्यक्षतामा ११ सदस्य जिल्ला कार्य समिति चयन गरेकाे हाे ।

भेलाले कार्य समितिकाे उपाध्यक्षमा मधु कटुवाल, महिला उपाध्यक्षमा रिना आले, सचिव राजु लाे तामाङ, काेषाध्यक्षमा आरती सेन्चुरी, सह-सचिवमा सन्देश अधिकारी र राजकुमार मण्डल तथा सदस्यहरूमा विनय न्याैपाने, दिवाकर वाग्ले, बिक्की दहाल र राधिका पाण्डे चयन गरेकाे छ ।

देउरालीचोक–बोक्से सडक कालोपत्र
गलकोट, १९ माघ (रासस) ःबागलुङ बजारदेखि १२ किलोमिटरमा पुग्न सकिने सिगाना पुग्न सवारी साधनहरुलाई दुई घण्टा लाग्थ्यो । उकालोमा जेनतेन गाडीले ताने पनि समथर भागमा सवारी फसेर हैरान हुन्थ्यो । बागलुङ बजारको देउराली चोकदेखि बोक्सेसम्मको जम्मा २.६ किमी सडक पार गर्न एक घण्टा लाग्थ्यो । तर पछिल्लो चार वर्षका अवधिमा सिगाना पुग्ने सडक निकै सुधार भएको छ ।

सिगाना पुग्ने सडकअन्तर्गत बागलुङ बजारदेखि बोक्सेसम्मको सडक अहिले पूरै पक्की भएको छ । देउराली चोकदेखि सवारी फस्ने स्थानमा सडक ढलान र अन्य स्थानमा कालोपत्र गरी पछिल्लो चार वर्षका अवधिमा सडक पक्की भएको हो । योसँगै बागलुङ बजारदेखि सिगाना पुग्ने सडक बोक्सेसम्म निकै सहज भएको छ भने सिगाना पुग्न लाग्ने यात्राको समयसमेत छोटिएको छ ।

बागलुङ बजारदेखि बोक्से पुग्नै सवारीलाई एक घण्टा लाग्ने गरेकामा अहिले सडक कालोपत्र भएपछि निकै सहज भएको बागलुङ बजारदेखि सिगाना सडकमा नियमित सवारी साधन चलाउँदै आउनुभएका सवारी चालक गोविन्द शर्माले जानकारी दिनुभयो । “देउराली चोकदेखि बोक्से पार गर्नै समस्या हुन्थ्यो, बर्खाको समयमा मात्र नभएर हिउँदमा समेत सवारी फस्ने गर्दथ्यो,” उहाँले भन्नुभयो, “अहिले कतै ढलान र कतै कालोपत्र गरेर बोक्सेसम्मको सडक पक्की बनेको छ, अहिले त देखिराली चोकबाट १० मिनेटमै बोक्से पार गर्न सकिन्छ ।” चालक शर्माका अनुसार सिगाना जाने सडक पहिलाको तुलनामा अहिले निकै सुधार भएको छ । साँघुरो सडकलाई अहिले ६ मिटर कायम गरी पक्की बनाइएको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

लगातार चार वर्षको प्रयास र सबै वर्षको बजेट जोड्दा झन्डै रु साढे दुई करोडका लागतमा अहिले बोक्सेसम्मको सम्पूर्ण सडक पक्की भएको पौडेलको भनाइ छ । “सिगाना जाने सडकको सबैभन्दा समस्या बागलुङ नगरपालिका–३ अन्तर्गत नै धेरै सडक मर्मत तथा कालोपत्र भएको छ तर यस्ले सिगानाका यात्रुलाई सहज भएको छ,” नगप्रमुख पौडेलले भन्नुभयो, “अहिले सेरामा धमाधम सडक कालोपत्र भइरहेको छ, बागलुङ बजारभित्रका अन्य सडकसमेत सडक बोर्डको साझेदारीमा कालोपत्र कार्य भइरहेको छ ।”

बजारदेखि बोक्से जाने सडक गत वर्ष ७०० मिटर र अहिले ८०० मिटर सडक कालोपत्र भएपछि बोक्सेसम्मको सम्पूर्ण सडक पक्की भएको बागलुङ नगरपालिकाका इन्जिनियर मनोज शर्माले जानकारी दिनुभयो । पक्की भएको २.६ किलोमिटर सडकमध्ये झन्डै ५०० मिटर सडक भने ढलान गरिएको र अन्य सडक कालोपत्र गरिएको शर्माको भनाइ छ । यो आर्थिक वर्षमा आरएस निर्माण सेवासँग सडक बोर्ड र बागलुङ नगरपालिकाको साझेदारीमा रु एक करोड ३८ लाखको लागतमा ठेक्का सम्झौता भएर सडक कालोपत्र भइरहेको छ ।

यस वर्ष सिगाना जाने सडक बोक्सेसम्म कालोपत्र सम्पन्न भएसँगै उक्त बजेटले समिट चोक, अस्पताल रोडलगायत बागलुङ बजार क्षेत्रका भित्री तथा टुक्रे सडकको समेत कालोपत्र गर्दै विस्तारै बागलुङ बजारलाई खाल्टाखुल्टी मुक्त गराउने नगरपालिकाको अभियान रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।