सडकपेटी खाली गराउन मन्त्री झाँक्री सडकमा

काठमाडौं, १९ माघ/काठमाडौंको धोबीखोला कोरिडोरको अतिक्रमित सडकपेटी खाली गराउन सहरी विकास मन्त्री रामकुमारी झाँक्री आफैँ सडकमा आएकी छिन् ।

बुधबार अनामनगरबाट मन्त्री झाँक्रीको नेतृत्वमा अतिक्रमित सडकपेटी खाली गरिएको हो । मन्त्री झाँक्रीसँगै महानगरीय प्रहरी, कामनपा नगर प्रहरी, मन्त्रालयका कर्मचारी लगायत सम्बन्धित कार्यालयका कर्मचारीहरुको टोलीले सडकपेटी अतिक्रमण भएको क्षेत्र खाली गराएको हो ।

सडकपेटीमा थुपारिएको निर्माण सामग्री नियन्त्रणमा लिई गुह्येश्वरीमा रहेको खाली जग्गामा लगेर राखिने र सम्बन्धित व्यक्ति लिन आएपछि एक पटकलाई फिर्ता दिने मन्त्रालयका अधिकारीले बताएका छन् ।

सडकपेटी खाली गराउन १५ दिन अघि मौखिक सूचना दिए पनि अटेर गरेपछि फिल्डमा आएर खाली गराउन परेको मन्त्रालयले बताएको छ ।

धोबिखोला कोरिडोरअन्तर्गत चुनिखेलसम्मकै दायाँबायाँको सडकपेटी छिट्टै अतिक्रमणमुक्त हुने मन्त्री झाक्रीले बताइन् । अब यो अभियान सबै अतिक्रमित सडकपेटीहरुमा पनि सञ्चालन गर्ने मन्त्रालयको योजना छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।