कटारीमा सोनाम ल्होछारको अवसरमा बुद्ध पार्क उद्घाटन

उदयपुर, उदयपुरको कटारी नगरपालिका-५ स्थित भोलेमा तामाङ समुदायले मनाउने महान् चाड २८५८औं सोनाम ल्होछार (बाघ वर्ष)को अवसरमा कटारीमा बुद्ध पार्कको उद्घाटन गरिएको छ ।

कटारी नगरपालिकाको १६ लाख लागतमा निर्मित बुद्धको मूर्तिसँगैको पार्क उद्घाटन गरिएको हो । कटारी नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले पार्कले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए । नेपाली कांग्रेसका क्षेत्रीय सभापति रामकुमार राईले स्थानीय सरकार संस्कृतिको जगेर्ना गर्न प्रतिबद्ध रहनुका साथै बुद्धको नगर भनेर चिनाउने बताए ।

राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो । मदन भण्डारी लोकमार्गसँगै निर्माण गरिएको पार्कले यस क्षेत्रको सौन्दर्यसमेत बढाएको स्थानीयले बताए ।

यसैबीच कटारीमा पनि सोनाम ल्होछार मनाइएको छ । नेपाल तामाङ घेदुङ्ग संघ कटारीले तामाङ समुदायको धार्मिक, एवं सांस्कृतिक महान् पर्व ल्होछारको शुभकामना आदान प्रदान गर्दै मनाएको हो । कटारी नगरपालिका-३ को राजावासस्थित श्री साङ्गे छोयलिङ्ग बौद्ध गुम्बा परिसरमा तामाङ समुदाय भेला भई यो समुदायले ल्होछार पर्व मनाएका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।