एमालेको प्रदेश अधिवेशन स्थानीय चुनावपछि मात्रै हुने

काठमाडौं ।नेकपा एमालेको प्रदेश अधिवेशन स्थानीय तहको निर्वाचनपछि मात्रै हुने भएको छ । बुधबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले स्थानीय तहको निर्वाचनपछि मात्रै प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो ।

एमालेले महाधिवेशन गरेको भए पनि प्रदेश अधिवेशन भएको छैन । बैठकले रोकिएका जिल्ला अधिवेशन स्थानीय तहको चुनावअघि गर्ने निर्णय गरेको छ । यससँगै एमाले सचिवालय बैठकले स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

गोर्खा फन्डले मेचीनगरका विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्ने
झापा, २० माघ (रासस) :बेलायतको फोक्सटन नगरपालिकाका पूर्वकाउन्सिलर धनकिरण गुरुङले मेचीनगर नगरपालिकामा रहेका सबै सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिदिने घोषणा गर्नुभएको छ ।

मेचीनगरको वडा नं १० काँकडभिट्टा निवासी उहाँ ब्रिटीश गोर्खा सेनाबाट निवृत्त भई हाल बेलायतमा बसोबास गर्नुहुन्छ । उहाँ बेलायतमा रहेर गठन गर्नुभएको गोर्खा मेमोरियल फन्डको अध्यक्ष हुनुहुन्छ । बेलायतमा नगरको पूर्वकाउन्सिल पदमा निर्वाचित हुने उहाँ पहिलो नेपाली हो ।

हाल नेपाल भ्रमणमा आउनुभएका उहाँले काँकडभिट्टामा गोर्खा मेमोरियल फाउन्डेसन नेपालले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मेचीनगरका सरकारी विद्यालयमा कम्प्युटर शिक्षालाई सहज बनाउन कम्प्युटर ल्याब स्थापनामा सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

सन् २०२४ देखि मेचीनगरका विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिने परियोजना सुरु हुने र यसका लागि तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । मेचीनगर र बेलायतको फोक्सटन सिटीबीच उहाँकै पहलमा भगिनी सम्बन्ध स्थापना भइसकेको छ ।

चार वर्षअघि उहाँकै पहलमा फन्डले काँकडभिट्टा उच्च माध्यमिक विद्यालयलाई रु २७ लाखको लागतमा ३१ आधुनिक कम्प्युटर र सीसीटीभी सहयोग गरेर कम्प्युटर ल्याब स्थापना गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।