उदयपुरमा परराष्ट्रमन्त्री डा. खड्कालाई कालो झण्डा

उदयपुर, २० माघ/परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई उदयपुरमा कालो झण्डा देखाएका छन् । गृहजिल्ला आएका परराष्ट्रमन्त्री खड्कालाई नेकपा एमालेनिकट अनेरास्ववियुका विद्यार्थीहरूले बिहीवार बिहान कालो झण्डा देखिएको हो ।

गाईघाट बजारबाट राजावासतर्फ जाँदै गरेको परराष्ट्रमन्त्री खड्कालाई मदन भण्डारी लोकमार्गको त्रियुगा हस्पिटल अघि कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउने अनेरास्ववियुका भुवन दाहाल, मनोज तामाङसहित तीन जना विद्यार्थीलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

परराष्ट्रमन्त्री डा. खड्का त्रियुगा नगरपालिका-८ स्थित अम्बेरसिंह जनता माध्यामिक बिद्यालय राजावासको बालबालिकाहरुलाई न्यानो कपडा र त्रियुगा नगरपालिका-९ स्थित सरस्वती गाउँमा ७२ घर परिवारमा जडान गरिएको विद्युत् उद्घाटन गर्न आउँने क्रममा कालो झण्डा देखाएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।