सुनसरीमा बस र ट्रक ठोक्किँदा आ’गला’गी, दुवै चालकको मृ’त्यु
प्रकाश तिम्सिना/सुनसरी, पूर्वपश्चिम राजमार्ग अन्तगर्त सुनसरीको कोशी गाउँपालिका -१ लोकहीको खुनिया पुलस्थित ट्रक र बस एकआपसमा ठक्कर खाँदा दुवै सवारी चालकको मृ त्यु भएको छ ।
पूर्वको काकडभित्ताबाट काठमाडौं जादै गरेको ना ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पूर्व आउदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक एकआफसमा ठक्कर खादा गा डीमा आ ग लागी भएको थियो । आ गला गीमा जलेर दुवै चालकको मृ त्यु भएको हो ।
सश स्त्र प्रहरी बल लौकहीका इन्सपेक्टर अरुण पाण्डेका अनुसार दुवै सवारी पूर्ण रुपमा न ष्ट भएका छन् । बसमा के कति यात्रु थिए र कतिको मृ त्यु भयो भन्ने खोजी भइरहेको पाण्डेले बताए । मृ तकको संख्या बढ्न सक्ने उनले बताए ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय लौकही, सशस्त्र प्रहरी बल लौकहीको टोलिले पुगेर अन्य यात्रुहरुलाई उद्दार गरिरहेको छ ।
आ गोलाई कोशी गाउँपालिका, इनरुवा नगरपालिकाका वारुण यन्त्रले नियन्त्रण लिने प्रयास गरिरहेको ट्राफिक प्रहरी कार्यालय प्रदेश १ ले जानकारी दिएको छ । प्रतिकुल मौसम र तिब्र गतिका कारण दुर्घटना भएको ट्राफिक प्रहरीको भनाइ छ । अहिले सो सडक पूर्ण रुपमा अबरुद्ध छ ।


