स्थापना दिवसका अवसरमा प्रेस चौतारी नेपालद्वारा विभिन्न पुरस्कार घाेषाणा

काठमाडौं, २२ माघ/प्रेस चौतारी नेपालले २४औं स्थापना दिवसका अवसरमा विभिन्न व्यक्तिलाई पुरस्कार दिने घाेषणा गरेको छ । १२ र १३ पुसमा ०७८ मा लुम्बिनीमा सम्पन्न संगठनको केन्द्रीय समितिद्वारा पूर्ववरिष्ठ उपाध्यक्ष श्रीधर आचार्यको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार सिफारिस समितिको सिफारिसअनुसार उनीहरूलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो ।

प्रेस चौतारी नेपाल ०५५ सालमा स्थापना भएको हो । ७ मंसिर ०५५ मा वरिष्ठ पत्रकार विजय चालिसेको संयोजकत्वमा गठित संगठनले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गरी प्रमाणपत्र प्राप्त गरेको दिन २२ माघलाई स्थापना दिवसका रुपमा मनाउँदै आएको छ । पुरष्कार महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट पुरष्कृत गर्ने कार्यक्रम छ ।

पुरस्कार पाउने व्यक्तिहरू यस प्रकार छन् ।

वि. सं. २०७७
हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार
राजेन्द्र अर्याल (पूर्व अध्यक्ष)
अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार
कृष्णविनोद लम्साल (सुनसरी)
वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता

पुरस्कार केपी गौतम (गोरखापत्र)
डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार
सागर पण्डित (सम्पादक, राजधानी दैनिक)
प्रेस चौतारी पद्मलक्ष्मी–सावित्री वस्नेत स्मृति पत्रकारिता पुरस्कार
अब्दुल्लाह मियाँ (काठमाडौं)

वि. सं. २०७८
हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार
गगन विष्ट (पूर्व अध्यक्ष)
अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार
झलक सुवेदी (लेखक तथा राजनीतिक विश्लेषक)
वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार
अनुप तिवारी (पर्सा)
डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार
हिरा परियार (रुकुम पश्चिम)
प्रेस चौतारी पद्मलक्ष्मी–सावित्री वस्नेत स्मृति पत्रकारिता पुरस्कार
शिवराज भट्ट (कैलाली)
चन्द्र न्यौपाने -शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार
शान्ति गुरुङ (कास्की)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।