कांग्रेस महाधिवेशनमा सहभागी हुन नपाएका असन्तुष्ट नेताले जिल्ला अधिवेशन नै गर्न नदिने

विशाल बस्नेत/महोत्तरी, २३ माघ । नेपाली कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन अझै विवादमा छ । कांग्रेसको विधानअनुसार वडा, क्षेत्र र पालिकाको अधिवेशन नसकिए केन्द्रीय र जिल्ला अधिवेशनमा सहभागी बन्न पाइँदैन ।

वडा, पालिका र क्षेत्रीय अधिवेशन हुन नसक्दा केन्द्रमा सहभागी हुने कतिपय नेताहरू महाधिवेशनमा भाग लिनै पाएनन । यही सहभागी बन्न नपाएको प्रतिशाध महोत्तरीमा छताछुल्ल भएको छ ।

बल्वा नगरपालिका, मनरासिस्वा नगरपालिका वडा नम्बर ८ को अधिवेशन सम्पन्न हुन नसक्दा क्षेत्र नम्बर ३ को अधिवेशन अझै अन्योलमा छ । केन्द्रले जिल्ला अधिवेशन गर्न दिएको निर्देशनप्रति आपत्ति जनाउँदै कतिपय नेताहरू भोकहडतालमा समेत बसे ।

विवादित क्षेत्र, वडा र पालिकाको अधिवेशन नसकेसम्म जिल्ला अधिवेशन गर्न नहुने माग राख्दै कांग्रेस महोत्तरीका पूर्व माहासचिव बजरंग नेपाली तीन दिनसम्म भोकहडतालमा बसे । क्षमतावान नेताहरु केन्द्रीय महाधिवेशनमा सहभागी बन्न नपाएको, तर जिल्लामा यो दुर्भाग्य नदोहोर्‍याउने बजरंग नेपालीलगायतका नेताहरूको अडान छ ।

क्षेत्रीय अधिवेशन समपन्न गरेपछि मात्र जिल्ला अधिवेशनको मिति निर्धारण गर्नुपर्ने मागसहित तीन दिनसम्म भोकहडतालमा बसेका नेताको मागलाई केन्द्रबाट सम्बोधन त भयो, तर विवादित क्षेत्र नम्बर ३ को अधिवेशनमा केन्द्रले सहजीकरण गर्न नसक्दा अझै अधिवेशनमा अन्योल नै सिर्जना भएको छ ।

कांग्रेसका महामन्त्री धनराज गुरुङले भोकहडतालमा बसेका नेता नेपालीसहित उक्त मागका समर्थकलाई परिपत्रसहित क्षेत्रीय अधिवेशन सकाएपछि मात्र जिल्ला अधिवेशन गर्ने विश्वस्त तुल्याएका थिए । तर क्षेत्रीय अधिवेशनका समबन्धमा पटकपटक छलफल भए पनि निष्कर्षमा पुग्न सकेको छैन ।

जिल्ला सभापतिको आकांक्षीहरु मनोज झा, रागबेन्द्र झा र रामु यादव छन् । मनोज झा र रामु यादव विमलेन्द्र निधि निकट मानिन्छन् भने रागबेन्द्र रामचन्द्र पौडेल निकट हुन् । पौडेल पक्षका नेता रामचन्द्र तिवारीका कारण अधिवेशन हुन नसकेको निधि पक्षका नेताहरूको आरोप छ । पूर्वकेन्द्रीय सदस्यसमेत रहेका नेता तिवारीले केन्द्रीय अधिवेशनमा भाग लिन नपाएको रिस अहिले अशिवेशन हुन नदिने षड्यन्त्र रचिरहेको जिल्लाका नेताहरूको आरोप छ ।

जिल्ला अधिवेशनका लागि भोक हडतालमा बसेका नेता बजरंग नेपाली पनि जिल्ला सभापतिका दावेदार हुन् । यदि क्षेत्र नम्बर ३ को अधिवेशन नसकिए जिल्ला अधिवेशनमा नेता नेपालीले उम्मेदवारी दिन पाउने छैनन् ।

महोत्तरीमा संस्थापन र संस्थापन इतर गरी झन्डै आधा दर्जन प्यानल देखिएका छन् । आसन्न निर्वाचन नजिकिँदै गर्दा कांग्रेसभित्र देखिएको छिन्नभिन्नले निर्वाचनमा समेत ठूलो धक्का लाग्ने स्वयं नेताहरुको आकलन छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।