चौदण्डीगढीको प्रशासकीय भवन निर्माण सम्पन्न

ईश्वर तामाङ/उदयपुर,उदयपुरको चौदण्डीगढी नगरपालिकाले अत्याधुनिक सुविधा सम्पन्न आफ्नै प्रशासनिक भवन पाएको छ । चौदण्डीगढी नगरपालिका–७ स्थित साकेला चोकमा नवनिर्मित अत्याधुनिक सुविधा सम्पन्न नगर प्रशासनिक भवनको परराष्ट्र मन्त्री डा. नारायण खड्काले शनिवार उद्घाटन गरेका हुन् ।

उदयपुर जिल्लाकै पहिलो अत्याधुनिक प्रशासनिक भवन निर्माणपछि जनताले सर्वसुलभ तरिकाले सेवा पाउने विश्वास लिएको छ । चौदण्डीगढी नगरपालिका–७ स्थित साकेला चोकमा करिब १० कट्टा क्षेत्रफलमा निर्माण गरिएको साँढे तीन तले प्रशासनिक भवनको परराष्ट्र मन्त्री डा. खड्काले उद्घाटन गरेको हो ।

करिब ५ करोड ९८ लाखको लागतमा निर्मित प्रशासनिक भवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न भवन हो । प्रशासनिक भवन फरक क्षमतामैत्री विद्युतीय भर्‍याङ (लिफ्ट) जडान गरिएको छ । साँढे तीन तला भवनमा एक सभाहल शौचालयसहित ४३ वटा कोठा रहेको इन्जिनियर सन्तोष राईले जानकारी दिए ।

२०७७ साल जेठ मसान्तमा एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सुरु गरेको भवन निर्धारित समयमै सम्पन्न भएको चौदण्डीगढी नगरपालिकाका इन्जिनियर राईले जानकारी दिए । इन्जिनियर राईका अनुसार २०७८ असार मसान्तमा निर्माण सम्पन्न गर्ने गरी २०७७ जेठमा ठेक्का लगाएका थियौं, निर्माण कम्पनी वल्डवाईज रामसागर जोइन्ट भेन्जर, काठमाडौंले कोभिड १९ को महामारीको अवस्थामा समेत निर्धारित समयमै भवन सम्पन्न गर्न सफल भएको इन्जिनियर राईको भनाई रहेको छ ।

नेपाल टेलिकम र सशस्त्र प्रहरी बेससँगै निर्माण गरिएको साढे तीन तलाको भवनमा ४३ वटा कोठाहरू र ५० जना अट्ने सभाहल रहेको बताए । नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतका सुविधा सम्पन्न कार्यकक्ष र नगरपालिकाका विभिन्न शाखाहरू एउटै भवनमा अट्ने गरी भवनको निर्माण भएको छ । चौदण्डीगढी नगरपालिकाको नयाँ प्रशासकीय भवन सरकारी भवनमा जिल्लाकै लिफ्ट जडान गरिएको पहिलो भवन बनेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।