पूर्वमुख्यमन्त्री आचार्यको वडामा नेकपा एकीकृत समाजवादीको कमिटी गठन

इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नं. ६ मा नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)को वडा कमिटी गठन भएको छ । साबिकमा मधेसा गाविस रहेको उक्त वडामा दुर्गानारायण चौधरी(लालु)को अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन भएको हो । यो वडा प्रदेश नं.१ का पूर्वमुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य भीम आचार्यको निवास भएको वडा हो ।

शनिबार परेको माघेझरीका बाबजुद पनि बृहत् भेलाको आयोजना गरी वडा कमिटी गठन गरिएको नेकपा एकीकृत समाजवादी सुनसरीका कार्यालय सचिव विनोद कटुवालले जानकारी दिएका छन् । उक्त वडामा कमिटी गठन भएसँगै इनरुवा नगरअन्तर्गत वडा कमिटी गठन गर्ने कार्य अन्तिम चरणमा पुगेको नेकपा एकीकृत समाजवादी इनरुवा नगर कमिटीका अध्यक्ष सुवाष राईले बताए । ‘नगरका सबैजसो वडामा हाम्रा कमिटीहरू गठन हुन पुगेका छन्’ शनिबार सम्पन्न वडा भेलाको अध्यक्षता गरेका राईले बताए । उनले ६ नम्बर वडा कमिटी गठनपछि पार्टीमा नयाँ ऊर्जा थपिएको बताए ।

भेलाका प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी सुनसरीका अध्यक्ष गोविन्द निरौलाले इनरुवा नगरपालिकाको वडा नं. ६ कमिटी सानदार ढंगले गठन हुँदा त्यसले आन्दोलन र अभियान बिसर्जन गर्न खोज्ने अवसरवादीहरूलाई गतिलो झापड दिएको चर्चा गरे । उनले विगतमा विभिन्न आश र प्रलोभनमा मन्त्री, मुख्यमन्त्री हुने लोभमा पार्टी छाड्ने प्रवृत्ति देखिएको आरोप लगाए । कम्युनिष्ट पार्टीको मूल्य र मान्यताअनुरुप एमाले कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हुनै नसक्ने जिकिर गर्दै उनले नेकपा एकीकृत समाजवादी नै निकट दिनमा मूलधारको पार्टी हुने विश्वास व्यक्त गरे ।

अध्यक्ष निरौलाले पार्टीभित्र देखिएका अवसरवादी र आत्मसमर्पणवादी चरित्र चिनिन थालेसँगै जिल्लामा विभिन्न कमिटी गठन हुने कार्यले तीब्रता लिन थालेको बताए । शनिबार सम्पन्न भेलाले कमिटीको उपाध्यक्ष यशोदा फुयाँल, सचिव कुलबहादुर(अभि) निरौला, सहसचिवहरू यमबहादुर बस्नेत र पर्शुराम कटुवाललाई चयन गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।