प्रदेश १ मा जम्बो मन्त्रीमण्डलः राई र आचार्यको भन्दा दोब्बर संख्यामा मन्त्री नियुक्त

बिराटनगर, २३ माघ /संघीय सरकारको झल्को दिने गरी प्रदेश १ मा मुख्यमन्त्री राजेन्द्र राईले १४ सदस्सीय मन्त्रीमण्डल विस्तार गरेका छन ।

गत असोज १६ गते गठन भएको सरकारलाई मुख्यमन्त्री राईले १ राज्य मन्त्रीसहित १४ सदस्सीय मन्त्रीमण्डल विस्तार गरेका हुन । यसअघिका शेरधन राई र भीम आचार्य नेतृत्वको दुईवटा सरकारले बनाएको भन्दा दोब्बर संख्यामा प्रदेश १ मा जम्बो मन्त्रीमण्डल बनाएर मुख्यमन्त्री राईले रेकर्डसमेत कायम गरेका छन । राई र आचार्यले ७–७ सदस्सीय मन्त्रीमण्डल बनाएर नेतृत्व गरेका थिए ।

आज विस्तार भएको मन्त्री मण्डलमा संघीय सरकारको झल्को दिने गरी राईले सत्तारुढ पाँच दलीय गठबन्धनका सदस्यलाई समेटेर जम्बो मन्त्रीमण्डल बनाएका हुन । मुख्यमन्त्री राईले सार्वजनिक गरे अनुसार मुख्यमन्त्रीमा राई स्वयंलाई थप कुनै जिम्मेवारी नलिई आर्थिक मामिला तथा योजना मन्त्रीः इन्द्रबहादुर आङ्गबो, सडक पुर्वाधार तथा सहरी विकास मन्त्रीमा हिमाल कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा केदार कार्की, स्वास्थ्य मन्त्रीमा जयराम यादवलाई नियुक्ति तथा जिम्मेवारी बाँडफाँड गरेका छन ।

यसैगरी, खानेपानी, सिंचाई तथा उर्जा मन्त्रीमा रामकुमार राई, सामाजिक विकास मन्त्रीमा राजन राई, पर्यटन तथा संस्कृति मन्त्रीमा खिनु तङ्गवा लिम्बु, कृषी मन्त्रीमा झलकबहादुर मगरसहित बन, वातावरण तथा भु–संरक्षण मन्त्रीमा शेखरचन्द्र थापालाई जिम्मेवारी तोकेका छन भने उद्योग, श्रम तथा रोजगार मन्त्रीमा ओमप्रकाश सरावागी, भुमी, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा प्रतापप्रकाश हाङगाम र यातायात व्यवस्था तथा सञ्चार मन्त्रीमा उपेन्द्रप्रसाद घिमिरेलाई नियुक्ती गरेको सार्वजनिक गरेका छन । प्रदेश १ को एक मात्र राज्यमन्त्रीमा बिष्णु तुम्वाहाम्फे नियुक्ती भएकी छिन भने उनलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

जनजाति समुदायका ८, महिला २ को प्रतिनिधित्व

मुख्यमन्त्री राईले २३ माघमा जम्बो मन्त्रीमण्डल विस्तार गरेसँगै उनको मन्त्रालयमा ८ जना आदिवासी÷जनजाति समुदायवाट परेका छन भने स्वास्थ्य मन्त्री यादव र उद्योग मन्त्री सरागवी मधेसी समुदायवाट परेका छन ।
यसैगरी, ४ जना खस आर्य समुदायवाट आफनो मन्त्रीमण्डलमा प्रतिनिधित्व गराएका राईले २ जना महिला मात्रै प्रतिनिधित्व गराएको मुख्यमन्त्री राईले सार्वजनिक गरेको बिज्ञप्तिमा उल्लेख छ । आजै नियुक्ती भएका नयाँ मन्त्रीहरुलाई आजै सपथ खुवाउने कार्यतालिका प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले तयारी गरेका छन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।