एमसीसीलाई पत्र पठाएपछि प्रचण्डले गराएका थिए पार्टीलाई जानकारी

काठमाडौं, २३ माघ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी पाँच महिनाभित्र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्ने प्रतिबद्धतासहितको पत्र लेखेको बारेमा पार्टीलाई जानकारी गराएको खुलेको छ ।

माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले एमसीसी पारित गर्ने विषयमा नियोगलाई पत्र लेखेको जानकारी अनौपचारिक रूपमा अध्यक्ष प्रचण्डले पार्टी बैठकमा गराएका जनाएका छन् । ‘एमसीसीलाई लिएर अमेरिकालाई पत्र लेखेको जानकारी अध्यक्ष प्रचण्डले पार्टीमा गराउनु भएको थियो,’ गजुरेलले न्युज कारखानासँग भने, ‘तर, पार्टी बैठकमा औपचारिक छलफलको विषय नबने पनि अनौपचारिक जानकारी चाहिँ पत्र पठाएपछि गराउनु भएको थियो ।’

उनका अनुसार अध्यक्ष प्रचण्डले एमसीसीका बारेमा पत्र लेखेको विषय माओवादीका सबै शीर्ष नेताहरू भने जानकार थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।