तुम्लिङटारमा ट्रक दु,र्घटना हुँदा चालकको मृ,त्यु
खाँदबारी, २४ माघ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ट्रक दु,र्घटना हुँदा चालकको मृ,त्यु भएको छ । तुम्लिङटारदेखि वीरगञ्जतर्फ जाँदै गरेको ट्रक दु,र्घटना हुँदा गोरखा नगरपालिका–४ का चालक मिलन मग्रातीको मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिनुभयो । आज बिहान ७ बजे प्र.२–०–३००१ ख ४३० नम्बरको ट्रक खाँदबारी–९ सभाखोला नजिकै दु,र्घटना हुँदा चालक मग्रातीको घटनास्थलमै मृ,त्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । उहाँका अनुसार मकालु गाउँपालिका–५ को नुममा सिमेन्ट पु¥याएर फर्कदै गर्दा सभाखोला नजिकैको घुम्तीमा ब्रेक फेल भएर ट्रक दु,र्घटनामा परेको हो । मृ,तकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस..काठमाडाैं । अमेरिकी सहायता परियोजना(एमसीसी)ले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पठाएको संयुक्त पत्र सार्वजनिक गरिदिएपछि प्रचण्डको दुई जिब्रे चरित्र उदाङगो भएको छ ।गत कात्तिक १८ गते प्रधानमन्त्री देउवाले एमसीसीका विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगै अमेरिकालाइ पत्र पठाएकाे खुलासा गरेका थिए ।तर, प्रधानमन्त्रीकाे अभिव्यक्ति सार्वजनिक भएपछि प्रचण्डले पारित गर्ने म्याद थपका लागि पत्राचार नगरिएकाे दावी गरेका थिए ।
एमसीसी प्रकरणमा अध्यक्ष प्रचण्डकाे गौण चरित्र उदाङगो भएको यो पछिल्लो घटना हो ।जिम्मेवार नेता भएर अडानमा भन्दा पनि क्षणिक फाइदाका लागि बहकिने प्रवृतिले राष्ट्रिय सरोकारका कतिपय मुद्धाहरु कम्जोर भएका छन् । त्यसाे त यतिबेला उनी चेपुवामा परेका छन् ।देउवासँगको संयुक्त प्रत्रमा प्रचण्डले कतै पनि संशोधनका लागि समय माग गरिएको छैन । एमसीसीबारेमा आशंका निवारण गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।उनले आफू एमसीसीको पक्षधर भएको जनाउँदै पार्टीका नेतादेखि अन्य दल र आम नागरिकलाई कन्भिन्स गर्ने समयको माग गरेका छन् ।यो प्रत्र सार्वजनिक भएसँगै प्रचण्डको झुटको पर्दाफास मात्र भएको छैन ।उनको दोहोरो चरित्र फेरि एक पटक उदाङगो भएको छ । प्रचण्ड आफ्नो प्रतिबद्धतामा कति अडिक रहन्छन् भन्नेमा समेत प्रश्न खडा भएको छ ।
पार्टीका नेता कार्यकर्ता परिचालन गरेर शंसोधनका लागि चर्काे कुरा गर्ने तर अमेरिकालाई गोप्य पत्राचार गर्ने शैलीले नागरिकमाथि घात भएको छ ।प्रचण्डले एमसीसीसँग प्रतिबद्धता जनाएर पत्र पठाएको विषयमा माओवादीका नेताहरुले भने अनभिज्ञता प्रकट गर्दै आएका छन् । अन्तराष्ट्रिय मुद्धामा समेत उनको ढुलमुले चरित्रले राष्ट्रकै छवीमा प्रश्न भएको छ ।पत्र सार्वजनिक गरिदिएपछि पानीमाथिको ओभानो बन्न प्रचण्डको सचिवालयले हतार हतार प्रेस नोट जारी राष्ट्रिय सहमति र संशोधनबिना एमसीसी पारित हुँदैन भनेर सम्झौताको विषयमा उभिएको देखाउन खोजिएको छ।


