नेपालको हवाई क्षेत्र सुरक्षा सूचीबाट हटाउन मन्त्री आलेको आग्रह

काठमाडौँ, २४ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको हवाई क्षेत्र युरोपेली सङ्घको उडान सुरक्षा सूचीमा रहेको नेपाललाई उक्त सूचीबाट हटाउन आग्रह गर्नुभएको छ । मन्त्री आलेले नेपालका लागि इयुका राजदूत नोना डिप्रेसँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा नेपालले उक्त सूचीबाट हटाउन विभिन्न गृहकार्य गरिरहेकाले पनि सूचीबाट हटाउनका लागि सहयोग गर्न अनुरोध गर्नुभयो ।

मन्त्री आलेले भन्नुभयो, “नेपालको हवाई सुरक्षा क्षेत्र थप सुधार गर्न र उडान सुरक्षामा नेपाल सरकार पूर्ण प्रतिबद्ध छ ।” उहाँले नागरिक उड्डयन क्षेत्रका अलावा संस्कृति तथा पर्यटन क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि इयुसँग नेपालले सहकार्य गर्न चाहेको धारणा पनि राख्नुभयो ।

सो अवसरमा राजदूत डिप्रेले नेपालको उडान सुरक्षा अवस्थाको स्थलगत अवलोकनका लागि इयुको प्राविधिक टोलीलाई यथाशीघ्र बोलाउन आग्रह गरिने आश्वासन दिनुभयो । इयुले नेपालको उडान सुरक्षालाई सुदृढ गर्न सहयोग गरिरहेको र भविष्यमा पनि सहयोग गरिरहने आश्वासन दिँदै उहाँले नागरिक उड्डयन क्षेत्रमा नियमन र सेवा प्रदान गर्ने अलग अलग निकाय स्थापनाका लागि लागि पनि नेपाललाई आग्रह गर्नुभयो । हालसम्म उडान सुरक्षा क्षेत्रमा नेपालले गरेको प्रगतिको प्रशंसा गर्दैँै राजदूत डिप्रेले भन्नुभयो, “हवाई सुरक्षा क्षेत्रमा नेपालले राम्रो प्रगति गरेको छ, मेरातर्फबाट म सकारात्मक प्रयास गर्छु ।”(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।