नेपालको हवाई क्षेत्र सुरक्षा सूचीबाट हटाउन मन्त्री आलेको आग्रह

काठमाडौँ, २४ माघ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको हवाई क्षेत्र युरोपेली सङ्घको उडान सुरक्षा सूचीमा रहेको नेपाललाई उक्त सूचीबाट हटाउन आग्रह गरेका छन् । मन्त्री आलेले नेपालका लागि इयुका राजदूत नोना डिप्रेसँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा नेपालले उक्त सूचीबाट हटाउन विभिन्न गृहकार्य गरिरहेकाले पनि सूचीबाट हटाउनका लागि सहयोग गर्न अनुरोध गरे ।मन्त्री आलेले भने, “नेपालको हवाई सुरक्षा क्षेत्र थप सुधार गर्न र उडान सुरक्षामा नेपाल सरकार पूर्ण प्रतिबद्ध छ ।” उनले नागरिक उड्डयन क्षेत्रका अलावा संस्कृति तथा पर्यटन क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि इयुसँग नेपालले सहकार्य गर्न चाहेको धारणा पनि राखे ।

सो अवसरमा राजदूत डिप्रेले नेपालको उडान सुरक्षा अवस्थाको स्थलगत अवलोकनका लागि इयुको प्राविधिक टोलीलाई यथाशीघ्र बोलाउन आग्रह गरिने आश्वासन दिईन् । इयुले नेपालको उडान सुरक्षालाई सुदृढ गर्न सहयोग गरिरहेको र भविष्यमा पनि सहयोग गरिरहने आश्वासन दिँदै उनले नागरिक उड्डयन क्षेत्रमा नियमन र सेवा प्रदान गर्ने अलग अलग निकाय स्थापनाका लागि लागि पनि नेपाललाई आग्रह गरिन् । हालसम्म उडान सुरक्षा क्षेत्रमा नेपालले गरेको प्रगतिको प्रशंसा गर्दै राजदूत डिप्रेले भनिन्, “हवाई सुरक्षा क्षेत्रमा नेपालले राम्रो प्रगति गरेको छ, मेरातर्फबाट म सकारात्मक प्रयास गर्छु ।”

यो पनि पढ्नुहोस..काठमाडाैं । अमेरिकी सहायता परियोजना(एमसीसी)ले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पठाएको संयुक्त पत्र सार्वजनिक गरिदिएपछि प्रचण्डको दुई जिब्रे चरित्र उदाङगो भएको छ ।गत कात्तिक १८ गते प्रधानमन्त्री देउवाले एमसीसीका विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगै अमेरिकालाइ पत्र पठाएकाे खुलासा गरेका थिए ।तर, प्रधानमन्त्रीकाे अभिव्यक्ति सार्वजनिक भएपछि प्रचण्डले पारित गर्ने म्याद थपका लागि पत्राचार नगरिएकाे दावी गरेका थिए ।

एमसीसी प्रकरणमा अध्यक्ष प्रचण्डकाे गौण चरित्र उदाङगो भएको यो पछिल्लो घटना हो ।जिम्मेवार नेता भएर अडानमा भन्दा पनि क्षणिक फाइदाका लागि बहकिने प्रवृतिले राष्ट्रिय सरोकारका कतिपय मुद्धाहरु कम्जोर भएका छन् । त्यसाे त यतिबेला उनी चेपुवामा परेका छन् ।देउवासँगको संयुक्त प्रत्रमा प्रचण्डले कतै पनि संशोधनका लागि समय माग गरिएको छैन । एमसीसीबारेमा आशंका निवारण गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।उनले आफू एमसीसीको पक्षधर भएको जनाउँदै पार्टीका नेतादेखि अन्य दल र आम नागरिकलाई कन्भिन्स गर्ने समयको माग गरेका छन् ।यो प्रत्र सार्वजनिक भएसँगै प्रचण्डको झुटको पर्दाफास मात्र भएको छैन ।उनको दोहोरो चरित्र फेरि एक पटक उदाङगो भएको छ । प्रचण्ड आफ्नो प्रतिबद्धतामा कति अडिक रहन्छन् भन्नेमा समेत प्रश्न खडा भएको छ ।

पार्टीका नेता कार्यकर्ता परिचालन गरेर शंसोधनका लागि चर्काे कुरा गर्ने तर अमेरिकालाई गोप्य पत्राचार गर्ने शैलीले नागरिकमाथि घात भएको छ ।प्रचण्डले एमसीसीसँग प्रतिबद्धता जनाएर पत्र पठाएको विषयमा माओवादीका नेताहरुले भने अनभिज्ञता प्रकट गर्दै आएका छन् । अन्तराष्ट्रिय मुद्धामा समेत उनको ढुलमुले चरित्रले राष्ट्रकै छवीमा प्रश्न भएको छ ।पत्र सार्वजनिक गरिदिएपछि पानीमाथिको ओभानो बन्न प्रचण्डको सचिवालयले हतार हतार प्रेस नोट जारी राष्ट्रिय सहमति र संशोधनबिना एमसीसी पारित हुँदैन भनेर सम्झौताको विषयमा उभिएको देखाउन खोजिएको छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।