अझै खुलेन विश्वविद्यालय केन्द्रीय कार्यालयमा लगाइएको ताला

महेन्द्रनगर, २५ माघ । झण्डै दुई महिनादेखि कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयको कामकाज ठप्प छ । विश्वविद्यालयमा रिक्त डिन, सहायक डिन, निर्देशक, सहायक परीक्षा नियन्त्रकलगायतका पदको नियुक्तीप्रति असन्तुष्ट भएका विद्यार्थी सङ्गठनले गत पुसमा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए ।

महिनौँ लामो तालाबन्दीका कारण विश्वविद्यालयको नीतिगत, आर्थिकलगायतका काम प्रभावित बने पनि तालाबन्दी खुलाउने विषयमा पहल भएको देखिँदैन । विश्वविद्यालय केन्द्रीय कार्यालयका लेखा प्रमुख अशोक भण्डारीले तालाबन्दीका कारण केन्द्रीय कार्यालयको कामकाज ठप्प भएको बताउनुभयो ।

“कार्यकारी परिषद्ले आफ्नो अधिकार प्रयोग गरी रिक्त पदमा नियुक्ति दिएका हो”, उहाँले भन्नुभयो, “विद्यार्थी सङ्गठनले असन्तुष्टि जनाउँदै तालाबन्दी गरे ।” उहाँले विश्वविद्यालयका क्याम्पसको अध्ययन/अध्यापन भने सञ्चालनमै रहेको बताउनुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।