एमालेकाे सातै प्रदेशमा निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय

काठमाडौँ, २५ माघ/एमालेले स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ । महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिटीहरूका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न निर्देशन दिएका छन् ।

पार्टीको लगातारको दबाब, निर्वाचन आयोगको ताकेता, जनस्तरबाट व्यक्त खबरदारी समेतका कारण सरकारले आगामी ३० वैशाख २०७९ मा स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी निर्णय गरेकाले उक्त निर्वाचनलाई पार्टीका पक्षमा पार्न मातहत कमिटी, नेता तथा कार्यकर्तालाई तयारी हालतमा राख्नका लागि कार्यक्रम आयोजना गर्न लागिएको एमालेले जनाएकाे छ ।

दुई दिने कार्यक्रमको उद्घाटन अध्यक्ष केपी ओलीले २८ माघमा भर्चुअल माध्यमबाट गर्ने तय भएको छ । उद्घाटन सत्रमा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरू सहभागी रहने छन् ।

प्रशिक्षणको समय तालिका र स्थान

प्रदेश १– फागुन १ र २ विराटनगर
मधेस प्रदेश– फागुन ३ र ४ जनकपुर
वागमती प्रदेश– फागुन ६ र ७ काठमाडौं
गण्डकी प्रदेश– फागुन ८ र ९ पोखरा
लुम्बिनी प्रदेश– फागुन ११ र १२ बुटवल/दाङ
कर्णाली प्रदेश– फागुन १४ र १५ सुर्खेत
सुदूरपश्चिम प्रदेश– फागुन १६ र १७ धनगढी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।