तीन दिन घर बाहिर निस्कन नसकेका हिमपातपीडितलाई राहत वितरण

खोटाङ, २७ माघ /खोटाङको ऐसेलुखर्क गाउँपालिकाका हिमपात पिडित नागरिकलाई राहत प्रदान गरिएको छ । गत २० देखि २२ माघसम्म परेको बाक्लो हिमपातका कारण पीडित बनेका ४० घरपरिवारलाई गाउँपालिका र रेडक्रसले चामल र कम्बल वितरण गरेको हो ।

ऐसेलुखर्क गाउँपालिका-१ तोरीबारी, सिब्दु बहानेका १८ घर र ऐसेलुखर्क गाउँपालिका-२ बिस्कामका २२ परिवारलाई प्रतिपरिवार १५ केजी चामल र २ वटा कम्बल वितरण गरिएको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताए ।

हिमपातपछि बढेको चिसोका कारण तीन दिनसम्म घर बाहिर निस्कन नसकेका परिवारलाई गाउँपालिकाले चामल र रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङले राहत उपलव्ध गराएको हो । हिमपातपीडित परिवारलाई गाउँपालिका अध्यक्ष निरौला र गाउँपालिका उपाध्यक्ष पुष्पकला भुजेलले घरैमा पुगेर राहत हस्तान्तरण गरेका हुन् ।

नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादव, राखाबाङ्देलका वडाध्यक्ष झनकुमार राईलगायतको उपस्थितिमा राहत वितरण गरिएको हो । खोटाङमा चार दशकपछि १५ माघ २०७५ गते, १६ फागुन, १९ पुस र १४ फागुन २०७६ मा बाक्लो हिमपात भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।