स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा दिप्रुङ गाउँपालिका पहिलो

खोटाङ, २७ माघ /खोटाङका १० स्थानीय तहमध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा दिप्रुङ चुईचुम्मा गाउँपालिका पहिलो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७७-७८ मा गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा ८०.५ अंकभार ल्याउँदै दिप्रुङ चुईचुम्मा गाउँपालिका जिल्लाकै पहिलो गाउँपालिका बन्न सफल भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरणलगायतका विषयमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन गर्नेगरेको छ ।

मन्त्रालयका अनुसार ७८.७५ अंकभार ल्याउदै हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा जिल्लामा दोस्राे स्थान प्राप्त गरेको छ । ७०.७५ अंकभारसहित बराहपोखरी गाउँपालिका तेस्राे भएको छ ।

यस्तै, खोटेहाङ गाउँपालिकाले ६३.२५, साकेला गाउँपालिकाले ६३, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ६२.५, केपिलासगढी गाउँपालिकाले ६१.५, ऐसेलुखर्क गाउँपालिकालले ६० र रावाबेंसी गाउँपालिकाले ५०.५ अंकभार प्राप्त गरेको छ । जन्तेढुंगा गाउँपालिकाले भने स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनका लागि निवेदन नदिएको जनाइएको छ ।

स्थानीय तहको कार्यप्रकृया र उपलब्धिको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरूको पहिचान गर्न, विकास तथा शुसासनमा रहेका कमी कमजोरी पक्षको जानकारी लिन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न, गाउँपालिका तथा नगरपालिकाहरुको बीचमा तुलनायोग्य सूचकहरू तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८० को प्रयोजनका लागि मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन गर्दैआएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।